समाचार

प्रदेश प्रमुख परशुराम खापुङ समक्ष जनजाति आयोगको प्रतिवेदन प्रस्तुत

मोरङ,३ कात्तिक : कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गनुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button