समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ ।

राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

उनले भने, “आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । आज पुनः बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।”

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button