आदिवासी

याक्थुङ मृत्यु संस्कारबारे युमा साम्यो यूकेको अन्तरक्रिया

१० अगष्ट, आसफोर्ड(केन्ट) । याक्थुङ लिम्बु समुदायको महत्वपूर्ण कर्मकाण्डहरूमध्ये एक मृत्यु संस्कारबारे युमा साम्यो महासभा यूकेले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मृत्यु संस्कारको महत्व र विधिबारे आवश्यक परामर्श गर्न अन्तरक्रिया आयोजना गरिएको थियो ।

याक्थुङ समुदायको बाहुल्य रहेको केन्टको आसफोर्डमा गत जून अन्तिम सातामा अन्तरक्रिया आयोजना गरिएको महासभा यूकेका अध्यक्ष दिल पालुङ्वा ‘युमाहाङ’ले जनाए । उनले याक्थुङ मृत्यु संस्कार गर्ने विधि, संस्कार गर्दा चरण चरणमा आवश्यक सामाग्रीहरुबारे अन्तक्र्रिया केन्द्रित रहेको थियो । ‘विशेष गरेर याक्थङंलाजे लिम्वुवानबाट यूके धेरै टाढा भएकोले र फेदाङ्मा, साम्बा, येबाहरुको कमी र भएकाहरुबाट पनि याक्थुङ विधिअनुकूल अनुष्ठान नगरिएकोले समस्याहरु रहिरहेका छन्,’ अध्यक्ष पालुङ्वाले भने, ‘साथै, सामान्यतया थाहा हुनुपर्ने सामाग्रीहरु पनि थाहा नहुनाले ठुलो समस्या रहेको छ । यस्ता समस्याहरुको पहिचान गरेर वर्तमान पुस्ता र नयाँं पुस्तालाई पनि सरल र सजिलो होस् भनी कार्यक्रम पश्चात एउटा निर्देशिका तयार पार्ने निर्णय भएको छ । जुन प्रत्येक याक्थुङहरुको हातमा पु¥याइनेछ ।’

कार्यक्रममा नेपालवाट आएका येबा दल वहादुर फुरुम्बोले मृत्यु संस्कारबारे सहभागीले उठाएका जिज्ञासाहरूबारे आफ्नो विचार राखेका थिए । उक्त अवसरमा याक्थुङ चुम्लुङ आसफोर्डका पूर्वअध्यक्ष टंक येङ्देन, लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, युमा साम्यो महासभा, अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष नरेन्द्र मावोहाङ, समाजसेवी सर्वजित थलङ, चन्द्र पालुङ्वा, टिका सम्बाहाङ्फे लगायतले आफ्ना धारणाहरू राखेका थिए ।

अध्यक्ष दिल पालुङ्वा याक्थुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहसचिव लाहाङ चेम्जोङले गरेका थिए । महासभाले आगामी दिनहरुमा साप्पोक चोमेन(कोख पूजा), याङ्दाङ्फोङ्मा(न्वारान), मेत्खिम्(विवाह) लगायतका विभिन्न संस्कार र सम्पन्न गरिने पूजा अनुष्ठानहरुबारे कार्यक्रम गरी निर्देशिका बनाउँदै जाने योजना रहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button