क्वीओेजीएलआरकाे स्मारक अनावरणसँगै ६८ ओैँ जन्माेत्सव सम्पन्न

२० सेप्टेम्बर, धरान । क्वीन्स अन गोर्खा लोजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर) को ६८ औं जन्मजयन्ती तथा बिष्णुपादुका स्थित गोर्खा स्मृति पार्कमा पल्टनको स्मारक समुद्धघाटन कार्यकम सम्पन्न भएकाे छ ।
बेलायतबाट आउनु भएका पल्टनको कमान्डिङ अफिसर लेफ्टिनेनट कर्नेल निक हेपेनस्टेलद्वारा उक्त पल्टनको स्मारक उद्घाटन र पल्टनको झण्डोत्तलन गरे भए पश्चात क्रमश: ब्रिटिश गोर्खाज नेपालका डिपुटी कमाण्डर कर्नल रोबोर्ट ब्राउनी द्वारा पार्कको बाटोलाई उद्घाटन गरिएकाे थियोे । निवर्तमान मेजर बालकृष्ण रानाद्वारा स्मारक जाने खुटकिलोको उद्घाटन गरिएकाे थियोे ।

त्यसपश्चात पल्टनको ६८ औं वर्षको उपलक्ष्यमा सिनियर अफिसरहरूद्वारा केक काट्ने कार्यक्रम सम्पन्न भयाे ।
उक्त उद्घाटन तथा जन्मजयन्ती कार्यक्रममा पल्टनका वर्तमान गोर्खा मेजर विवशजंग शाह, एडजुटेन्ट क्याप्टेन ह्यारी लङ्गफिल्ड, रेजीमेण्टल सार्जन मेजर डान योन्जन तथा रिटायर्ड मेजर साहेबहरु क्रमश: मेजर बालकृष्ण राना, मेजर काजीमान लिम्बू, मेजर प्रेमदोर्जे शेर्पा, मेजर ज्ञान बहादुर लिम्बू, मेजर शोभित हमाल, केप्टेन उदय बहादुर गुरुंग, केप्टन मोती बहादुर आले तथा अन्य दर्जाका अफिसर र सदस्य सहित परिवारहरूको उल्लेखनीय उपस्थिति थियो ।
उक्त कार्यक्रमलाई क्रमश: सिनियर सल्लाहकार केप्टन मान बहादुर लिम्बू र ईस्ट रेन अध्यक्ष शेर बहादुर लिम्बू र सचिव सिद्धिमान लिम्बूले सञ्चालन गरेका थिए ।




