समाचार

राजा आउने कुरा दन्त्य कथा मात्रै होः आङकाजी शेर्पा

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले नेपालमा राजा आउने कुरा दन्त्य कथा भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा राजा फर्किने कुरा कुनै हालतमा पनि सम्भव नरहेको बताएका हुन् ।

आफ्नो नौ अर्ब ऋण तिर्न नसकेर दुर्गा प्रसाईँ राजा खोज्दै सडकमा आएको उनले बताए । प्रसाईँले ऋण मुक्त गरिदिन्छु्, गरिबलाई पैसा दिन्छु, बेरोजगारीलाई रोजगारी दिन्छु भनेर विभिन्न खाले प्रलोभन देखाएको उनले बताए ।

‘नौ अर्ब टाउकोमा ऋण बोकेर हिँड्ने, सामाजिक अपराध गरेर हिँड्ने, मानिसलाई ऋण मुक्त गरिदिन्छु् भनेर प्रलोभन देखाएर, गरिब जनतालाई बटुलेर दुर्गा प्रसाईँले आज कुकर्म काम गरेको छ । त्यसले निश्चित रुपमा राजा फर्काउन सक्दैन ।’ उनले भने, ‘अब नेपालमा राजा आउने भनेको दन्त्य कथा हो । त्यो कुनै हालतमा सम्भव छैन । रोगीलाई म तेरो रोग निको पारिदिन्छु, ऋणीलाई ऋणमुक्त गरिदिन्छु, किसानलाई मल खाद र बिउ दिन्छु, गरिबलाई पैसा दिन्छु, बेरोजगारीलाई रोजगारी दिन्छु भनेर ब्ल्याकमेलिङ गरेर मान्छे जम्मा पारेको छ । दुर्गा प्रसाईँलाई भोलिदेखि युवाले खेद्न सुरु गर्छन् । किनकी पैसा दिन्छु भनेर ल्याएको छ ।’

राजसंस्थाको पक्षमा जनतमनै नरहेको बताउँदै उनले राजा आउन असम्भव रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button