अन्तरवार्ता

जनमुक्ति पार्टी भित्रको समस्या सम्हाल्न संस्थापक अध्यक्ष थापा आउनुभए मलाई स्वीकार्य – संघीय अध्यक्ष पालुङवा


जातिय मुक्ति र राष्ट्रिय स्वाधिनताको निमित्त स्थापना भएको अर्थात पहिचानको मुद्धाको शुत्रपात गराउने जेठो राजनैतिक पार्टी जसले ३ जना माननीय मन्त्री पनि बनाईसकेको राष्ट्रिय जनमुक्ति पार्टीको नाम थोरै परिवर्तनसंगै चर्चामा रहेको नेपाल जनमुक्ति पार्टीको संघीय परिषद अध्यक्ष खडग प्रसाद पालुङ्वासंग पार्टी भित्रको समस्याको बारेमा गरिएको संक्षिप्त कुराकानीः

जनमुक्ति पार्टी भित्रको समस्या के हो?
संघीय लिम्बुवान पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँगको एकिकरणलाई गतबर्ष २९, ३० बैशाक २०८१ मा चितवनमा सम्पन्न विधानसभाले पारित गरे अनुसार कार्यन्वयनमा पार्टी जादा सामान्य समस्या उत्पन्न भएको हो ।

चितवनको विधानसभाले के के निर्णय गरेको थियो?
राष्ट्रिय जनमुक्ति पार्टी नामलाई नेपाल जनमुक्ति पार्टी बनाउने, झण्डामा घामको किरण राख्ने निर्णय भएको हो । यसमा कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले समेत हस्ताक्षर गर्नुभएको छ । झण्डामा घामको किरण राख्न आयोगले दिएन साविक कायम छ ।

कसले समस्या खडा गरेको छ?
कार्यकारी अध्यक्ष केशव सूर्यवंश जीबाट सबै काम लगभग सिद्धिएपछि वहाबाट असन्तुष्टि आएको हो ।

समस्याको समाधान के देख्नुहुन्छ?
अहिले विधानसभाले जे निर्णय गरेको छ त्यही मुताविक जाने र अर्को पटक नेतृत्वमा कार्यकारी अध्यक्ष जीलाई नै दिन तयार छु तथापी सबैको सहमत हुन्छभने संस्थापक अध्यक्ष एमएस थापामगर ज्यूले नै पुनः पार्टी नेतृत्व गर्नुभई निकास दिन अघिसर्नु भएमा मलाई स्वीकार्य छ ।

Related Articles

Back to top button