मुक्कुमलुङ संघर्ष समितिको विशाल र्याली राजधानीमा
२१ गते आईतवारवाट अनिश्चितकालका लागि मेची राजमार्ग(विर्तामोड - ताप्लेजुङ) र तमोर करिडोर (धरान- फिदिम-ताप्लेजुङ) यातायात वन्द घोषणा
चन्द्र मादेन आन्छन,
काठमाण्डौ पौष २० गते शनिवार झन्डै दुई दर्जन नागरिक अभियन्ता, संस्कृति प्रेमी, जातियता सँघसंस्थाहरुको साझा आयोजक मुक्कुम्लुङ संरक्षक समितिको आयोजनामा माईती घर मण्डलामा धर्ना दिएर गगन चुम्वि नारा घन्काउदै विशाल र्याली प्रदर्शन गर्दै नयाँ वानेश्वरको संसद भवननेर करिव १०० मिटर वर कोण सभा सम्पन्न भएको छ । गत पौष १५ गते राती संघर्ष समितिका तीनजना योद्धाहरु जनम ईदिङ्गो, सुशील नुगो र सञ्जोग नुगोलाई भिजिलान्तेहरुद्धारा कुटपिट गर्दै प्रहरीको हिरासतमा पक्राउ गरेको थियो ।
ती वीर योद्धाहरुलाई विना सर्त छोड्नुपर्ने माग राख्दै १ नम्वर प्रदेशका मुख्य शहरहरु धरान, विर्तामोड झापा, पाँचथर र फुङलिङ ताप्लेजुङ आदि देखि राजधानी काठामाण्डौ सम्म आज वृहत जुलुस प्रदर्शन र आमसभा गरिएको थियो । सोहि अनुरुप आज काठमाण्डौमा माईतीघरवाट हिडेको विशाल र्यालीलाई नयाँवानेश्वर चौक नपुगी सौंयौं सशस्त्र प्रहरीहरुले फलामे काँणेवार लगाएर वाटो छेकेका थिए । संघर्ष समितिले पनि बार लगाएकै ठाँउमा सडकमै वसेर शान्तिपूर्ण कोणसभा गरेका थिए ।
कोणसभामा मुक्कुमलुङमा घाईते भएका योद्धा चन्द्र मादेन देखि वक्ताको रुपमा सुरुवात सम्वोधन गरिएको उक्त सभामा किरात राई यायोख्खाका का.वा. अध्यक्ष टिकासरी राई, नागरिक अभियन्ता एवं विश्लेषकहरु प्रा.डा सञ्जिव उप्रेती, युग पाठक, आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष मिङ्मी शेर्पा,संघर्ष समितिका सदस्य मान व. तामाङ, मधेशी आदिवासी अभियन्ता रसना यादव, आदिवासी कला आर्टका सुगम तामाङ, नेवाभूमि अभियन्ता विध्या श्रेष्ठ महर्जन, तामाकोशी जलविध्धुत संघर्ष समितिका अभियन्ता तुलाराम गुरुङ र पहिचानवादी महिला मोर्चाकी अध्यक्ष सरु सिङ्घकले सम्वोधन गर्नु भएको थियो । प्रत्येक वक्ताहरुले यो आन्दोलनलाई ऐक्यवद्धता जनाऊदै थुनिएका ३ जना योद्धाहरुलाई विनासर्त छोडिनुपर्ने, मुक्कुमलुङमा केवलकार खारेज गर्नुपर्ने, प्रकृति र संस्कृतिको रक्षा गर्नुपर्ने, पवित्र धार्मिक स्थलमाथि कुनै पनि भौतिक सम्रचना र माया पिरतिको संगम स्थल नवनाईनु पर्ने आदि अवधारणा विचार राख्नुभएको थियो ।
त्यस्तै पहिचानवादी दिग्गज कविहरु मुक्तान थेवा, युग सर्वनाम, चन्द्र मादेन आन्छन र ईन्दु फोम्वोले दमदार कविता वीचवीचमा प्रस्तुत गर्नुभएको थियो । तर उद्घोषक निरन्ति तुम्वापोले हत्तार्रिएर धेरै वक्ताहरुको नाम अस्पष्ट उच्चारण गरेकी थिईन भने १,२ जना कविहरुको समयभाव देखाई विभेद गरेकी थिईन । सो सभामा नन्द कन्दङ्वा, अमर तुम्याहाङ, आङकाजी शेर्पा, डिवी पालुङ्वा, गोविन्द छन्त्याल, प्रेम येक्तेन, राम मादेन, योगराज वनेम आदि जस्ता वौद्धिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो । नोट – यो समाचार लेख्दा सम्म हिरासतमा थुनिएका ३ जना योद्धाहरुलाई नछाडिएकोले सयुक्त संघर्ष समितिले २१ गते आईतवारवाट अनिश्चितकालका लागि मेची राजमार्ग(विर्तामोड – ताप्लेजुङ) र तमोर करिडोर (धरान- फिदिम-ताप्लेजुङ) यातायात वन्द घोषणा गरेका छन ।