समाचार

ताप्लेजुङमा पहिचानवादी मोर्चाकाे समिति गठन

२१ डिसेम्बर, फुङलिङ । पहिचानवादी मोर्चाको ताप्लेजुङमा समिति गठन भएको छ । प्रदीप मादेन ‘नानी’काे संयाेजकत्वमा जिल्ला समिति बनेको हाे ।

भव्य उपस्थितिबीच भएको भेलाले मादेनकाे संयाेजकत्वमा २३ सदस्यीय जिल्ला समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा सहसंयोजकहरूमा श्रीप्रसाद लिङखिम, डम्बर लाबुङ, हर्क गुरुङ, सुरेश आवाजुङ, पूर्ण पालुङवा, लोकेन्द्र तुम्बाहाङफे छन् । सदस्य सचिवमा सरोज कङलिबा “रोशन”, आर्थिक विभाग प्रमुखमा कमला पालुङवा,  विद्यार्थी विभाग प्रमुखमा सरगम शेर्पा र राम लिम्बु, युवा विभाग प्रमुखमा विरेन तबेबुङ र विनोद बोखिम सहित २३ सदस्यीय ताप्लेजुङ जिल्ला समिति गठन भएको छ । जिल्ला सल्लाहकारहरूमा कृतिमान मादेन, रत्न नुगो, खड्क गुरुङ, रमेश मादेन, यादव ढकाल रहेका छन् ।

माेर्चाकाे ताप्लेजुङ जिल्ला कार्यालय उद्घाटन गर्दै संयाेजक प्रा.डा. लाओती ।

मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख अवकाशप्राप्त मेजर असिम पालुङवा, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिव केदार धिमाल, संघीय सदस्यहरु कृतिमान मादेन, कुमार साम्यू, पान्थर जिल्ला सदस्य देउकुमार योङहाङको उपस्थिति रहेकोे थियो । उक्त अवसरमा संयाेजक प्रा.डा. लाओतीले माेर्चाकाे जिल्ला कार्यालय समेत उद्घाटन गरेको थियोे ।

Related Articles

Back to top button