समाचार

नेपाली दुतावासले अल्डरशट स्थित शिब कल्चर सेन्टरमा कन्सुलर सेवा दिने

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सन् २०२६ जनवरी १७ शनिबारका दिन अल्डरसटस्थित शिव कल्चर सेन्टरमा कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।  ग्रेटर रस्मुरका नेपाली समुदायका सिनियर सिटिजन लगायत सबैलाई सेवा सुबिधा र सहज होस् भनि यो सेवा दिन लागेको र शिबकल्चरले स्थान उपलब्ध गरि सहयोग गरेको बारे सस्थाका ट्रस्टि ओम थापा काउचाले जानकारी दिएका छन्।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । कन्सुलर सेवा लिन चाहने सबै सेवाग्राहीले उपस्थित हुनुअघि नै अनलाइन आवेदन अनिवार्य रूपमा भर्नुपर्ने छ ।

अनलाइन फारम भर्न समस्या भएका व्यक्तिलाई ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेले आवश्यक सहयोग गरिरहको र सो दिनमा पनि सहयोग दिने भनि सस्थाका महासचिब सुनिल रानाले जानकारी दिएका छन्।

Related Articles

Back to top button