साहित्य सिर्जना

विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

लण्डन,
गत ५ अक्टोबर २०२४ शनिबारक‍ो दिन विश्व नेपाली साहित्य महासंघ  (विनेसाम) पश्चिम शाखा बेलायतबाट भर्चुअल  जुमको माद्य्यमबाट सस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा त्रैमासिक गोष्ठी सम्पन्न भएको छ।

बिगतका कार्यक्रममा विभिन्न साहित्य संघ सस्थाबाट साहित्यकारहरुको उपस्थितिमा आ आफ्नो रचना प्रस्तुत हुने गरेकोमा यस पटक भने
कार्यक्रम विशुद्ध संस्थाका सदस्यहरूको सहभागितामा कार्यक्रम समापन भएको थियो।

सचिव जीत बुढाथोकी छन्त्यालद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोमा रानाद्वारा स्वागत मन्तव्य राखेकी थिइन् ।साथै उपाध्यक्ष शान्ती लिम्बुद्वारा हाइकु सम्बन्धी विस्तृत जानकारी दिएकी थिइन ।

कार्यक्रममा साहित्यकार प्रतिमा केसीले एक मुक्तक र दुई कविता दशैँ र ट्रान्जीत, गोमा रानाले दुई कविता शुभकामना र म खोजिरहेछु, डा.सुमया राईले ४ कविता आहा थेम्स, मेरो एउटा पूरानो घर छ, घोप्टे संस्कार, र राउण्ड एबाउट जस्तै जिन्दगी, शान्ती लिम्बुले ५ हाइकु कविता थेम्स नदीको किनारै किनार र गीत कस्तुरी यात्रा लाल सुन्दर राईले दुई कविता लाहुरे हजुर र बर पीपलहरू जीत बुढाथोकी छन्त्यालले पाँच मुक्तक दुई कविता चर्केको घाउ र कङ्काल वाचन गरेका थिए।

सबैको प्रस्तुति पश्चात् कार्यक्रमको समीक्षा संरक्षक डा. सुमया राईद्वारा  भएको थियो।

कार्यक्रममा प्रतिमा केसी, गोमा राना, डा. सुमया राई, शान्ती लिम्बु, लाल सुन्दर राई, देवी आले, राजन कुमार राई, होम किराँत सुनुवार, जीत बुढाथोकी छन्त्याल, लिला सेलिङ माबो लगायतका उपस्थित रहेको थियो।

Related Articles

Back to top button

This will close in 0 seconds