युके विशेषसमाचार

राेयल जियाेग्राफिकल साेसाइटीमा पुग्यो याक्थुङ सँस्कृति

९ जून, लन्डन । नेपालका पूर्वी आदिवासी याक्थुङ समुदायको सँस्कृति बेलायतको प्रतिष्ठित राेयल जियाेग्राफिकल साेसाइटीसमक्ष पुगेको छ । साेसाइटीकाे सेन्ट्रल लन्डनस्थित सङ्ग्रहालयकाे भवनमा याक्थुङ लिम्बु समुदायका विविध सँस्कृतिहरू प्रदर्शन भएका छन् ।

गत मे ३१ तारिखका दिन ‘इन्डिजिनाइजिङ दि हिमालयज’ कार्यक्रमअन्तर्गत भएको एक दिने कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकाे आसफाेर्ड शाखाकाे साँस्कृतिक टाेलीले याक्थुङ समुदायको विभिन्न साँस्कृतिक पक्षहरू झल्काउने प्रस्तुति दिएको थियोे ।

ब्रिटिस एकेडेमीको आर्थिक सहायता र ब्रुनेल युनिभर्सिटी लन्डनकाे प्राविधिक सहयोगमा भएको कार्यक्रममा कियाचु यूके आसफाेर्डका अतिरिक्त किरात राई यायाेक्खा आसफाेर्ड शाखा र विश्व नेवा: सङ्घ यूकेसँग सहकार्य गरेर कार्यक्रम गरिएको हाे । एकेडेमीले सेप इन्भल्भ एन्ड इन्गेज्ड ग्रान्ट परियोजना अन्तर्गत भएको कार्यक्रमलाई ब्रुनेल युनिभर्सिटीकाे साेसियाेलाेजी अफ रेसकी लेक्चरर डा. राेहिनी राईले नेतृत्व गरेकी छिन् ।

लन्डनमा भएको कार्यक्रमले याक्थुङ समुदायको सँस्कृतिलाई करिब सय बढी अनुसन्धाताहरू समक्ष पुर्‍याएकाे कियाचु यूकेका केन्द्रीय सदस्य एवम् आसफाेर्ड शाखा सल्लाहकार टङ्क येङ्देनले भने । ‘नेपालका आदिवासी समुदायका रूपमा रहेको याक्थुङ लिम्बु जातिकाे सँस्कार, सँस्कृति र पहिचानबारे प्रस्तुति देखाउने अवसर मिल्याे । जसलाई अनुसन्धानमा लागेका देशी विदेशी शाेधकर्ताहरूले हेरे,’ उनले भने, ‘समुदायको पहिचान अन्तर्राष्ट्रियकरण सघाउ पनि पुगेको छ ।’

त्यस्तै, कियाचु यूके आसफाेर्ड शाखाका साँस्कृतिक विभाग प्रमुख शिखर सम्बाहाङ्फेले युवाहरूकाे सहभागितामा समुदायको मा‌ैलिक सँस्कृतिहरूलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको सुनाए । ‘हामीले लन्डनमा गएर प्रस्तुति दिन पाउँदा गाैरवकाे अनुभूति भएको छ । केही सिक्ने र सिकाउने माैका मिल्याे । एक अर्काकाे सँस्कृतिलाई नियाल्न पनि पायौं । हाम्रो विविधता साँच्चै सुन्दर र विशिष्ट छ,’ सम्बाहाङ्फेले भने ।

प्रस्तुतिका क्रममा याक्थुङ समुदायको के:लाङ(च्याब्रुङ नाच), या?लाङ(धान नाच) र हेना म:मा(अतिथि सत्कार) बारे नृत्य र सँस्कार देखाइएको थियोे । जसमा गाेकुल लिवाङ, शिखर सम्बाहाङ्फे, सिक्कुम हुक्पा चाेङवाङ र सुमिक् हुक्पा चाेङ्वाङ थिए । नृत्यका क्रममा शिशिर सम्बाहाङ्फे र सुमिक हुक्पा चाेङवाङले अङ्ग्रेजीमा अनुवाद गरेर प्रष्ट्याए ।

येबाकाे पहिरनमा येङ्देन ।

त्यस्तै, टङ्क येङ्देनले याक्थुङ समुदायको सँस्कृतिका संवाहक मानिने येबा, साम्बाकाे पहिरनसहितकाे नृत्य र थुक्मा (आध्यात्मिक रूपमा ग्रहण गर्नु) हुँदाकाे समय झल्काउने प्रस्तुति दिए । याक्थुङ समुदायको साँस्कृतिक अनुष्ठानहरू फेदाङ्मा, साम्बा, येबा/येमा, तुम्यहाङहरूले गर्ने गर्दछन् ।

त्यसैगरी, गायक धनवीर साँवा र गायिका माक्सती ओख्राबुहरूले तरेबा(पाहुना)काे प्रस्तुति दिँदै हाक्पारे, पा:लाम गाए । जसमा ज्ञानु फुरुम्वाेले पनि साथ दिँदै याक्थुङ भाषामा त्यसबारे प्रष्ट पारे । मासम साँवाले नव युवाको रूपमा उपस्थिति जनाउँदै ती प्रस्तुतिमा सहभागी भए ।

राेयल जियाेग्राफिकल साेसाइटीकाे ग्यालरीमा सजाइएको र  जनजातिहरूको संकृति संस्कारबारे राखिएका त्रुटिपूर्ण जानकारीहरूलाई सच्याउन समेत आफूहरू सहभागी भएको चुम्लुङ केन्द्रीय सदस्य टङ्क येङ्देनले जनाए ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गाेलसँग चुम्लुङ यूके केन्द्रीय सदस्य टङ्क येङ्देन ।

साे अवसरमा बेलायत भ्रमणमा आएकी काठमाडाैँ महानगरपालिकाकी उपमेयर  सुनिता डंगोललाई पनि सिलाम साक्मा दिएरले सम्मान गरिएको थियोे । सङ्ग्रहालयकाे ग्यालरीमा सिरिजङ्गा लिपिसँगै अंग्रेजीमा अनुवाद गरिएको सामग्री समेत हस्तान्तरण गरिएको थियोे ।

Related Articles

Back to top button