अन्तर्राष्ट्रिय

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

प्यालेस्टिनी क्षेत्र, २७ जेठ (रासस/एएफपी)
इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।–––

Related Articles

Back to top button