समाचार

जसपाकाे धिमाल स्वायत्त समिति पुनर्गठन

२३ फेब्रुअरी, माेरङ । जनता समाजवादी पार्टी, नेपाल धिमाल स्वायत्त क्षेत्र समितिको पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमले बाङ्गाई धिमालकाे अध्यक्षतामा २९ सदस्यीय समिति निर्माण गर्दै पुनर्गठन गरेको हाे ।

शुक्रबार माेरङकाे मङ्गलबारे उर्लाबारीमा भएको कार्यक्रम पार्टी राजनीतिक समिति सदस्य तथा संघीय सांसद माननीय रेखा यादवकाे प्रमुख आतिथ्यमा भएको थियोे । उक्त अवसरमा राजनीतिक समिति सदस्य खगेन्द्र माखिम विशिष्ट अतिथि थिए । त्यस्तै, केस गङगा राई शेर्मा, संघीय परिषद सदस्य देवराज थापा मगर, मोरङ जिल्ला समिती सदस्य मिस्री चन्द यादव तथा दमक नगर अध्यक्ष महेन्द्र राई उपस्थित थिए ।

 

धिमाल परियोजना स्थलमा भएको कार्यक्रमले धिमाललाई पुनः अध्यक्षमा चयन गरेको थियोे । उपाध्यक्षहरूमा मोहन धिमाल र बबिता दनुवार, सचिवमा मातृका धिमाल, उपसचिवमा याम धिमाल, कोषाध्यक्षमा श्रीप्रसाद धिमाल छन् । कार्यक्रमको अध्यक्षता बाङगाई धिमाल तथा सञ्चालन केदार धिमालले गरेका थिए ।

नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओतीले पद तथा गाेपनीयताकाे सपथ खुवाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button