समाचार

‘गोर्खा गौरव’ डम्बर सिंह गुरुङको शालिकमा माल्यार्पण

कालेबुङ २३ जनवरी। भारतीय गोर्खाहरूलाई राजनैतिक रूपमा सचेत गराउने राजनेता तथा भारत स्वतन्त्रताका पक्षधर डम्बर सिंह गुरुङको जन्म दिनमा कालेबुङको डम्बर चोकमा रहेको सालिगमा खादा अल्पता गरेर साहित्यकार प्रवीण खालिङ र प्रकाशक तथा लेकक छेवाङ योञ्जनले श्रद्धाञ्जली अर्पण गरे।

डम्बर सिंह गुरुङको जन्म दिनमा आफ्नो मन्तव्य राख्दै साहित्यकार खालिङले आजको दिन उनलाई सम्झना गर्नु र भावी पुस्तालाई राजनैतिक चेतनाको निम्ति उर्जा उत्पादनमा डम्बर सिंह गुरुङको कर्मले अभिप्रेरणा प्रदान गर्ने बताए। जसरी भारत स्वतन्त्रताका निम्ति नेताजी सुभाष चंद्र बोसलाई आजकै दिन जन्म दिनमा धुमधामसँग सम्झना गरिन्छ उसैगरी गोर्खा गौरव डम्बर सिंह गुरुङको पनि सम्झना गर्नु पर्नेछ भनि बताए। अर्कोतिर लेखक योञ्जनले श्रद्धाञ्जली अर्पण गर्दै डम्बर सिंह गुरुङको योगदान अतुलनीय रहेको बताए। उनले गुरुङको कर्महरूबाट प्रेरणा मिल्ने गरेको अनि उनको योगदानलाई सम्झना गर्नु पर्ने बताए।

Related Articles

Leave a Reply

Back to top button