समाचारसाहित्य सिर्जना

“चिया गफ” बारे किताब कुरा सम्पन्न

यो किताब भव्यिष्यको निम्ति लेखिएको हो,भविष्यको निम्ति महत्वपूर्ण दस्तावेज होः पेम्पा तामाङ

सिलगढी, ३ फेब्रुअरी । क्षेत्रियतावादबाट माथि उठेर समग्र हिमाली जातिको भोगाइलाई समेटेर लेखिएको किताब हो चिया गफ अनि यो किताब भविष्यको निम्ति लेखिएको छ त्यसैले पाठकहरूल पढ्नु आवश्यक छ अनि यो भविष्यको निम्ति महत्वपूर्ण दस्तावेज हुनेछ।

यसप्रकारको मन्तव्य हाम्रो किताब घर सिलगढीले आयोजन गरेको प्रवीण खालिङको नयाँ कृति “चिया गफ”माथि राखिएको किताब कुरामा वक्ताको मन्तव्य राख्दै समालोचक पेम्पा तामाङले यसप्रकारको मन्तव्य व्यक्त गरेका हुन्।

उनले पाठकमा जतिसक्दो पुग्नुपर्छ र सम्पूर्ण हिमाली क्षेत्रको निम्ति लेखिएको किताब हो। हाम्रो समाजमा राजनीतिले जकडीएको कुराहरू यसले राम्रो प्रकारले बोकेको छ भनि बताए। प्रवीण खालिङले आफ्नो किताबमा जुन कुरा बताएका छन् हामी सबैको निम्ति ज्ञान हो। यो किताब पढ्यो भने मनमा शान्ति दिन्छ मनको अशान्तिलाई विश्राम दिन्छ।

कवि-कथाकार निरज थापाले सहजीकरण गरेको “चिया गफ”बारे किताब कुरामा समालोचक पेम्पा तामाङ, आख्यानकार छुदेन काविमो र सर्जक प्रवीण खालिङ वक्ताको रूपमा रहेका थिए। आफ्नो मन्तव्यको क्रममा छुदेन काविमोले “चिया गफ” आफूले गम्भीररूप पठन गरेको बताउँदै यसले नोष्ट्रालजियालाई पनि आख्यानमा लेखर राम्रो बनाउन सक्ने बोध भएको बताए। उनले भने, “चिया गफ” ले पाठकले भोगेको जीवनको कहीँ न कतै छाप रहेको छ जुन लेखनको सफलता हो। भोगाईको छापको बोकेको कथा र पठनीय शैली रहेको छ। किताबमा तपाईले भोगेकै कथा छ तपाईले भोगेकै आन्दोलन छ, तपाईले देखिरहने हिमाल, चरा छ तपाईंलाई जे जे भोगिरहनु भएको छ। नोष्ट्रालजियालाई उपन्यासमा यसलाई अघि ल्याउदा अझ बलियो हुन्छ।
अर्कोतिर सर्जक खालिङले “चिया गफ” लेखनमा त्यो ठाउँको मानिसहरूकै कथा व्यथा समेटेको जुन ठाउँबाट हिमाल देखिन्छ भन्ने मन्तव्य व्यक्त गरे। यसैगरि कतिपय कुराहरूमा समयलाई सटीक प्रयोग नगर्नुको पछि पाठकलाई स्पेश दिने कार्य गरेको बताए। यसैगरि उनले पाठकहरूले माया गरिरहेको अनि यसलाई पढ्दा कतै पनि बोरिङ भने लाग्दैन भन्ने विश्वास व्यक्त गरे।

किताब कुराका पर्यवेक्षकको रूपमा रहेका वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले भने, आख्यान हुनु निबन्धकारको खुबी हो सपाट लेखाई अर्कै चिज हो निबन्ध वौद्धिकताको खेल हो। हामीले नपाएकै हो भारतबाट भाइहरूले हात हालेका छन् यसमा होस्टे गर्नुपर्ने छ। साहित्यमा जलप चाही कविता नै रहेछ भन्ने कुरा “चिया गफ” मा पनि कविता पाउँदा रहेछन् भने राम्रो कविता लेख्नेहरूले राम्रो गद्य लेख्न सक्नेछ भन्ने कुरा यहाँ पाएँ।

क्याफे द ट्वीन्स मेथीबारी सिलगढीमा आयोजित कार्यक्रममा हाम्रो किताब घरका स्वामी छेवाङ योञ्जनले कार्यक्रम सञ्चालन गरेका थिए भने युवा कवि शमीर शर्मा र योगेश मुक्सुले कविता सुनाएका थिए। कार्यक्रममा कवि मोहन ठकुरी, मनिकुमार प्रधान, कप्तान हेमन्त सुब्बा, आइएन शर्मा, अनुप छेत्री, बबिता मादेन, डा. वासुदेव पुलामी, डा योगेश पन्थ, हेम बाङ्देल, प्रकाश हाङ्खिम, सदीप प्रधान, सुरज गुरुङ, प्रदीप शेर्पा तथा अन्य साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Back to top button