युमा साम्यो महासभा नेपालको अध्यक्षमा डा. रमेश इजम निर्वाचित

काठमाडौं। युमा साम्यो महासभा नेपालको अध्यक्षमा डा. रमेश इजम निर्वाचित भएका छन्। २०८३ भदौ २८ र २९ गते सम्पन्न महासभाको ऐतिहासिक दोस्रो अधिवेशनले डा. इजमको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।
अधिवेशनबाट शुकबहादुर तामादेन, गीता फालेछुवा, भीम केदेम, सरोजविक्रम लक्सम, सञ्जयवीर नाल्बो र देव सुब्बा उपाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, महासचिवमा गोपीलाल फेम्सङ तथा सचिवमा अमृत फुदोङ र दिलकुमार सिरेङ निर्वाचित भएका छन्। कोषाध्यक्षमा मति बहादुर मेन्याङ्बो र सहकोषाध्यक्षमा चितानी वनेम चयन भएका छन्।
नवनिर्वाचित केन्द्रीय सदस्यहरूमा विरान इजम, जगतबहादुर यङहाङ, चित वनेम, महेश्वर लिम्बू, प्रेम साम्बाहाम्फे, मनोजकुमार सुब्बा उपत्यका, लोकमान थलङ लिम्बू, मोति हुक्पा चोङबाङ, चन्द्रा फालेछुवा र गणेश यक्सो रहेका छन्।
दोस्रो अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दै मुन्धुम, भाषा, लिपि, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि थप सक्रियताका साथ काम गर्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिले संस्थाको संगठनात्मक सुदृढीकरणसँगै देश तथा विदेशमा रहेका समुदायबीच समन्वय विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।




