अन्तर्राष्ट्रियप्रवासभूपू गोर्खा कोलमयुके विशेषराजनीतिसमाचार

सांसद इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा मगर संघ यूकेले राष्ट्रीय बिपतमा परि ज्यान गुमाउनेहरु प्रति शोक सभा मनायो

बेलायत ३१ अगस्ट। मगर संघ यूकेले प्रतिनिधिसभाकी पूर्वउपसभामुख तथा वर्तमान सांसद इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा मगर भवन फ़ार्नबोरोमा राष्ट्रीय बिपत – रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै शोक सभा मनायो साथै सांसद राना मगरलाई विशेष समारोह बीच स्वागत तथा सम्मान गरेको छ।

उक्त अवसरमा मगर संघ यूकेले सांसद राना मगरमार्फत नेपाल सरकारलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरेको छ। ज्ञापनपत्रमा विश्व कीर्तिमानी पर्वतारोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाई’ लाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, ब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका सन्तानलाई वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने लगायतका माग समावेश छन्। मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) र महासचिव गोमन पुन मगरद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रको बोधार्थ नेपाली राजदूतावास, लन्डन, सांसद इन्दिरा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ तथा परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत पठाइएको छ।

गत भदौ १० गते नेपालमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मरणमा एक मिनट मौन धारण गरिएको थियो।

कार्यक्रम वरिष्ठ उपाधक्ष्य रुद्र थापाको संयोजकत्वमा स्वयम् ले संचालन गरेका थिए, उक्त स्वागत कार्यक्रममा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, वरिष्ठ उपाध्यक्ष रुद्र थापा, उपाध्यक्ष गुमानसिंह थापा, पूर्वअध्यक्षहरू कुलबहादुर थापा, नेम थापा र सुनिल राना, पूर्व ट्रस्टी गोमा राना, सल्लाहकारहरू रि. कर्नल याम राना, रि मेजर चित्र राना, रि क्या वीरबहादुर थापा, कर्ण दर्तामी मगर, डा. भीम पुन, बेल बुढाथोकी, केशर राना, रिखिराम राना, युएचएसबी शाखाका अधक्ष्य वीर बलाल, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, मेजर गोविन्द राना, सहसचिव मदन राना, कोषाध्यक्ष मोहनबहादुर थापा, हाउसिङ ट्रेजरर टोप पल्ली, सीएनसीबीजीका महासचिब भक्त राना तथा सचिव अनिल थापा लगायतको उपस्थिति रहेको थियो।

सांसद इन्दिरा राना मगर २६ अगस्टमा स्वर्गीय निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन बेलायत आएकी थिइन्। बेलायत भ्रमणका क्रममा उनले ३० अगस्टमा तमु धीं यूकेद्वारा आयोजित १७औँ नेपाली मेलामा समेत सहभागिता जनाएकी थिइन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लालु पुनले छोटो समयको बावज़ूद पनि उपस्थित भैदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

Related Articles

Back to top button