स्थानीय

यसरी नाचिन्छ हुड्केली छलिया नृत्य

धनकुटा । नेपालको पश्चिमी भेकमा प्रचलित हुड्केली नाच, छलिया नाच अथवा हुड्के नाच पूर्वी नेपालमा भने त्यति धेरै प्रचलित नभएको पाइन्छ ।

पूर्वी नेपालमा यस नाचबारे धेरैलाई जानकारी समेत छैन तर यो नाच निक्कै आकर्षक हुन्छ । हुड्केली नाच हुड्काको तालसँग नाचिन्छ । पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणिक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा अथवा भारत भनिन्छ ।

बिबाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बांधेको हुन्छ ।

प्राय: वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । यो दमाई जातिबीच कायम छ । यसलाई हुड्के नाच भनेको पनि पाइन्छ । विवाह, उत्सव, विभिन्न सांस्कृतिक तथा राजनीतिक कार्यक्रममा पनि हुड्केली नाच्ने गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button