ताप्लेजुङ युके युवा समाजद्वारा च्यारिटि समर म्युजिकल इभेन्ट हुदैँ

- २१ अगश्ट,आसफोर्ड बेलायत
आउँदो अगष्ट २८ मा भब्य समर म्युजिकल इभेन्ट २०२६ हुने भएको छ। ताप्लेजुङ युके युवा समाज बेलायत द्वारा सेवा नै धर्म हो भन्ने मुल नाराका साथ आपतकालिन राहत कोष सहयोगार्थ हुन गईरहेको छ। उक्त समर म्युजिकल ईभेन्टमा नेपालबाट आएका तिन गायक गायिकाहरु लक्ष्मण चोङ्बाङ ,दिपा सुहाङ र राजेन्द्र केरुङ ले साङ्गितिक प्रस्तुती दिने भएका छन।
आसफोर्ड स्थित साईमन चर्चमा साँझ ५ बजेदेखी सुरु हुने कार्यक्रम रातको १० बजेसम्म चल्नेछ। साथमा अन्य कलाकार हरुको पनि प्रस्तुती रहनेछ्। कार्यक्रमको सन्चालन सन्चारकर्मी दिनेश लिङखिमले गर्नेछन।
ताप्लेजुङ युके युवा समाज बिशुद्व सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित युवाहरुको संस्था हो। स्थापना कालदेखी नै बिशेष गरी दुखको काम मरोपरो पर्दा आर्थिक सहयोग सहित भौतिक सेवामा जुट्ने गरेको संस्थाका महासचिव दिनेश लिङ्खिमले बताए ।
प्रत्येक सदस्यहरुलाई पर्दा १ हजार पाउण्डका दरले आर्थिक सहयोग दिई दु:खमा थोरै सान्तवना थपिदिने गर्द्छन।
यस्का साथै नेपालबाट आउने हरेक कलाकारहरुको हौशला र सम्मान का निमित्त साङ्गितिक कार्यक्रमको आयोजना गरिदिने र कार्यक्रमबाट संकलित रकमबाट केहि प्रतिशत सामाजिक सेवाको लागी संस्थाको कोषमा रहने अध्यक्ष धन थलङले बताउनुभयो।
त्यसैले कला गित संगित लाई पनि सामाजिक सेवा सँग जोडेर आयोजना हुन लागेको समर म्युजिकल इभेन्ट २०२६ मा सबैलाई सक्दो ऊपस्थितिको लागी आयोजक समितिले निमन्त्रणा गरेको छ।




