मनोरञ्जन

नयाँ चासोक तङनामको गीत आयो

१९ डिसेम्बर २०२३ का दिन नयाँ चासोक तङनामको गीत सार्वजानिक भएको छ ।

व्रिट्रिस फोर्सेस गोर्खा रेडियो काठमाडौंबाट युके समय दिउसोको ११ बजे प्रसारण भएको हो । सो प्रसारण युके, ब्रुनाई, काठमाडौं र धरानबाट एकैपटक भएको थियो ।

स्रष्टा र सिर्जना नामक कार्यक्रम मार्फत प्रस्तोता तुलसी बस्नेतले सो गीत पहिलो पटक प्रसारण गरेर सार्वजानिक गरेका थिए ।

यो बर्षको चासोक तङनाम आउन ७ दिन बाँकी रहदा यो गीतको उद्घाटन गरिएको हो ।

नेपालको पूर्वी भागमा बसोबास गर्ने लिम्बुहरूले पाकेको अन्नबालीको न्वागी पुजालाई चासोक तंगनाम भन्दछन, यसलाई उधौली पुजा पनि भनिन्छ । न्वागीको वेला फूलफूल्ने, आकासमा रमाईलो जुन लाग्ने, अन्न पाकेपछि भकारी भरिने विवाहको उपयुक्त समय हुने र लिम्बुहरूको आफ्नै पोषाक ढाकाको तागबा, कोट र लिम्बुको मौलिक गहना सिरफूललाई समेटेर चासोक तङनाम चाड आयो भन्ने महशुस गराउने हेतुले यो गीत लेखिएको छ ।

यो गीत तलको लिंकमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सकिनेछ ।

Download चासोक तङनामको गीत  mp3 file >>

Download चासोक तङनामको गीत wav file >>

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button