कहाँ पुगे राजेन्द्र केरुङ?
राजेन्द्र केरुङ सुदुरपूर्व पाँचथरका लिम्बु हुन, लिम्बु भाषी हुन तर उनको साङ्गीतिक उडान कुलुङ भाषाबाट भयो । साथी अजयको कारण यसो भएको उनी स्वीकार्छन । पछिल्लो समय निक्कै चर्चामा रहेका केरुङ देशविदेशको साङ्गीतिक यात्रामा निस्किएका छन् । उनी अहिले लण्डन यात्रामा छन् । केरुङले आफ्नो साङ्गीतिक यात्रामा प्रसंसा र ताली कमाईरहेका छन, पूर्वेली भाकामा असाध्य सुमधुर स्वर दिने उनको क्षमता र गायन फिलिङले उनको प्रस्तुतिको चर्चा बढ्दो छ ।
गायक केरुङले आधा दर्जन लिम्बु भाषाको गीत गाएका छन् भने एक दर्जन जति कुलुङ भाषाको गीत गाएका छन् । त्यस्तै एक दर्जन नेपाली भाषाका गीतहरु गाएका छन् । बिदेशिने रहर, मेमेङ घुम्न जाउ, दुँनियालाई भुली, बग्दै जाने, महाकुलुङ भुमिमाथी, महाकुलुङ गान, आम्बेपःज सुम्हात्लुङ, माङलाङ नु केलाङ, फुङ इनु सेवा, याक्थुङमा मिम, हुक्फाक्की सेवारो, सानिवा खाप्चाये, लाम्तुम्मा, लेत्तिचाईनुवा, केई खोलोङ सोम्छा, ख्याली (चे चलचित्र), प्रदेशको नाम कोशि मान्दैनौ बोलका गीतहरु उनका परिचायक बनेका छन् । मिठो स्वरकै कारण ३ फिल्महरुः थेत्लङ, चे र के को पृष्ठभूमिमा स्वर समेत दिएका छन् ।
केरुङको पहिलो लिम्बु भाषाको गिती एल्बम मिङ्सो २०७३ मा सार्वजानिक भयो । म्युजिक भिडियोहरुमा उनले मोडल पनि गरेका छन् । लिम्बु भाषाको पालाम, ख्यालीमा उनको जोडदार उपस्थिती छ । वि.स. २०७० देखि उनी निरन्तर साङ्गीतिक अनुष्ठानमा छन् । शास्त्रिय संगीत र पत्रकारितामा स्नातक गरेका केरुङ सधै गिटारमा रमाउछन र आवश्यक परेको बखत पत्रकारिताको धर्म पनि निभाउछन तर चुपचाप आफ्नो कर्ममा लागिरहन्छन् । उनी अब्बल गायक त हुदै हुन त्यसको अलवा उनको अन्य परिचयहरु पनि छन् । समाजसेवा र समाज सुधारको काममा पनि उत्तिकै तल्लिन रहन्छन । उनी अहिले फक्ताङलुङ साँस्कृतिक मन्चको केन्द्रीय सदस्य र फालेलुङ टिभी युट्युव च्यानलका संचालक हुन ।
माङलाङ नु केलाङ (पालाम) थक्मेप्पा फुङ, साम्याङ्फुङ, हुक्फाक्की सेवारो गीतमा उनले दिएका स्वर र मोडलिङले धेरै प्रसंसा बटुलेको छ । युके साँगीतिक यात्रामा रहदा अझ धेरै नेपालीहरु माझ भिज्ने रहर ब्यक्त गरेका छन । उनका आधा दर्जन साङ्गीतिक कार्यक्रम तय भईसकेको पनि जनाईएको छ । मिठो स्वरका धनी केरुङले साङ्गीतिक उठान कुलुङ भाषाबाट शुरु गरे र लिम्बु भाषामा धेरै गीतसंगीत पस्कन्दै अहिले युके सम्म पुगेका छन् उनको यात्रा अनन्त सम्म रहोस शुभ कामना ।




