NRNA Special

एनआरएनए आईसिसिले मनायो भानु जयन्ति

लण्डन, गत १३ जुलाई २०२६ का दिन साहित्य समिति, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले नेपाली जातिको एकताको प्रतिकको रुपमा आदिकवि भानुको जयन्ति मनाएको छ ।

आदिकवि भानु र घाँसीको चर्चा सहित सम्मान ब्यक्त गर्दै जयन्ति मनाएको हो । कार्यक्रमको प्रारम्भमा आख्यान लेखनमा चाहिने आवश्यक तत्वहरुको बारेमा प्राडा कुमार कोईरालाले प्रिजेन्टेशन गरेका थिए । लगतै एक मिनेट मौनधारणा पछि साहित्यकार केदार सुनुवार संकेतले भानु र घाँसीको बारेमा प्रिजेन्टेशन गरेका थिए । त्यसपछि सहभागी स्रष्टाहरुले भानु र घाँसीको बारेमा लेखिएका सिर्जनाहरु गोमा राना, डा. लेखनाथ काफ्‌ले, सितादेवी प्रधान, सागर श्रेष्ठ, राजेन दुवाढी, शिला घमाल, दिनेश राई मिल्जाई लगायतले वाचन गरेका थिए । एनआरएनए केन्द्रका प्रवक्ता सोम सापकोटा, युरोप संयोजक रोबर्ट लिम्बु, विनय शाह, पवनकुमार बुढाथोकी, डेन्जाम साम्पाङ, नरेश काडमाड, टेक बहादुर थापा लगायतको सहभागिता थियो ।

प्रमुअ अतिथिको तर्फबाट प्राडा. गोविन्दराज भट्टराईले सार्क मुलुक अन्तर्गतको प्रत्येक मुलुकको सबैभन्दा पुरानो संग्रह प्रकाशन गर्ने सार्क कार्यालयको पत्रअनुसार भानुभक्तको बारेमा लेखिएको पुस्तकको पाण्डुलिपी अंग्रेजीमा लेखेर बुझाएको तर प्रकाशन नभई रहेको अवस्था बताउनु भएलगतै हङकङ एनआरएनएको तर्फबाट २ लाख दिने विनय शाहले घोषणा गर्नुभयो भने अमेरिकाको सानफ्रान्सिस्को रहनुहुने रितादेवि प्रधानबाट ५० हजार प्रदान गर्ने घोषणा गर्नुभयो, त्यतिले पनि अपुग भएको खण्डमा आफू पनि सहयोग गर्न ईच्छुक रहेको कुरा नाईजेरियामा रहनुहुने साहित्य समितिका सल्लाहकार हिक्मत थापाले बताउनु भयो । सल्लाहकार गोविन्द गौतमले साहित्य समितिले विश्व सम्मेलन पनि गर्नुपर्ने सुझाव राख्नुभयो ।

साहित्य समितिका सदस्य अमित थेवेले संचालन गरेको कार्यक्रमको सभापतित्व समितिका संयोजक तथा आईसिसि उपाध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए ।

Related Articles

Back to top button