स्थानीय

‘मेरो कुरा सुन्दैनन्’ : रुपा विक

दाङ, २५ जेठः “मेरो कुरा सुन्दैनन्,” तुलसीपुर–४ निवासी रुपा विकले भन्नुभयो । विक सुस्तश्रवणका हुनुहुन्छ । उहाँले गाडीबाट झर्नुअघिको पीडा सुनाउँदै भन्नुभयो, “बसका कर्मचारीले समेत बेवास्ता गर्छन् ।”

उहाँले बसका कर्मचारीले भनेकै स्थानमा गाडी नरोक्दा धेरै दुःख पाएको उदाहरण दिनुभयो । दृष्टिविहीन, तुलसीपुर–७ निवासी रामबहादुर खड्काले पनि गुनासो गर्नुभयो । उहाँले गाडीमा सवार हुँदा भाडामा छुटका लागि बसका कर्मचारीले आलटाल गर्ने गरेको सुनाउनुहुन्छ । “दृष्टिविहीनलाई सरकारले गाडी भाडमा छुटको व्यवस्था गरेको छ,” उहाँले भन्नुभयो ।

त्यसैगरी, तुलसीपुर–९ बेलुवा निवासी छवि भण्डारीले कार्यालयमा ह्विल चियर जाने ठाउँ नहुँदा कार्यालयको पहुँचमा पुग्न कठिनाइ परेको बताउनुभयो । कार्यालय प्रमुख तथा जनप्रतिनिधि कार्यालयको माथिल्लो तलामा बस्ने गरेकाले अपाङ्गता भएका व्यक्तिलाई कठिन हुने गरेकाले सरकारी सेवासुविधा लिन कठिन हुने गरेको उहाँले गुनासो गर्नुभयो ।

Related Articles

Back to top button