आदिवासी

किरात याक्थुङ चुम्लुङ, टेक्सासको तेश्रो अधिवेशन सम्पन्न

टेक्सास राज्यको डाल्लासस्थित अर्भीङ सहरमा मे २२, २०२६ (जेठ ८, २०८३) शनिवार सांझ किरात याक्थुङ चुम्लुङ, टेक्सासको तेश्रो अधिवेशन सम्पन्न भयो।

भुपेन्द्र योङया (तोङसा) को अध्यक्षतामा चयन भएको ११ सदस्यीय कार्यसमितिलाई पूर्णता दिन हरिमान तुम्बाहाङफे, आशिष लिङदेन र नगेन्द्र इङनाम लगायत तीनजनाले निर्वाचन समितिको भुमिकामा रहेका थिए।

मीना चेम्जोङले स्वागत गरेको अधिवेशन सभालाई किरात-लिम्बूवान पहिचान पक्षका प्रखर ब्यक्तित्व प्रमुख अतिथि भवानि बरालले सम्बोधन गर्नु भएकोथियो। अधिवेशन सफल बनाउन टेक्सास राज्य निवासी उल्लेख्य लिम्बू समुदायको उपस्थिति रहेको थियो।

उपरोक्त ११ सदस्यीय कार्यसमितिको अध्यक्षः तोङ्सा योङ्या, उपाध्यक्षः ईन्द्र थेबे र हिमसिला सुब्बा, सचिवः एल. बि. साँबा, सह-सचिवः मीना चेम्जोङ, कोषाध्यक्षः कृष्णजङ्ग लिबाङ तथा सदस्यहरुः अमृत तुम्बाहाङ्फे, रबिन कन्दङवा, रन बहादुर साँबा, एनु लाबुङ लिम्बु र सन्तोष सम्बाहाङफे चयन भएका छन ।

-नगेन्द्र ईंगनाम

Related Articles

Back to top button