युके विशेष

२ जुन आइतबार लन्डनमा २५६८ औं बुद्ध जयन्ती समारोह सम्पन्न हुदै

विमला सेने,
लन्डन । बुद्ध फाउण्डेशन यूकेले आगामी २ जुन आइतबार लन्डनमा गर्न लागेको २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको भव्य तयारी तिव्रताका साथ भएको छ ।

फाउण्डेशनले आइतबार वुल्लीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि विगतमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण भने वुल्लीचको जनरल गोर्डन स्क्वायरमा गर्न लागिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं फाउण्डेशनकी उपाध्यक्ष प्रशुना कडेलले भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको प्रष्टयाउदै दिउसो २ देखि सांझ ७ बजेसम्म तय गरीएको कार्यक्रमको मुख्य आकर्षणमा हिमाल, तराई र पहाडसहित नेपाल झल्कने वहुभाषिक वहुसांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी रहनेछ भने नेपाली राष्ट्रिय कलाकारहरुले गीत पनि गाउनेछन् । बालबालिकालाई बुद्ध दर्शन सम्बन्धि जानकारी दिन पुस्तक र नेपाल सम्बन्धि पोष्टर समेत प्रदर्शन गरिनेछ ।कार्यक्रममा हस्तकला सामग्री पनि प्रस्तुत हुनेछ ।

कार्यक्रमको थप आकषर्णमा बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्यले बनाएको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश क्यानभास हुनेछ भने साढे तीन फिटको मूर्ति नेपालबाट मगाइएको छ र त्यसमा अतिथीहरुले मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने योजना छ ।

कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोग रहने छ। नेपाली दूतावासले विदेशी कूटनीतिज्ञहरुलाई निमन्त्रणा पठाइसकेको र सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिसकिएको सयोजक कंडेलले बताइन् ।

पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रम खर्च लगभग ८ हजार पाउण्ड रहेको र प्रायोजकहरुबाट आर्थिक श्रोत जुटाइने जनाउदै कार्यक्रममा सबैलाई सहभागिता जनाएर सफल बनाइदिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा भर्चुवल माध्यमवाट समेत पत्रकारहरुले सहभागिता जनाएका थिए । वरिष्ट पत्रकार भगिरथ योगी,वाचस्पति रेग्मी तथा सल्लाहकार शिवजी श्रेष्ठ, एन आर एन युकेका महासचिव गोविन्द खरेल लगायतले सल्लाह सुझाव सहित कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

वुद्ध फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले संचालन गरेको पत्रकार सम्मेलनमा सल्लाहकार तथा रोयल वरो अफ ग्रीनवीका उपमेयर जीत रानाभाट, सल्लाहकार राजकुमार त्रिपाठी, विनोद ज्ञवाली, फडिन्द्र भट्टराई,नेफीन युकेका अध्यक्ष कर्म पहाडि शेर्पा, इनास युकेका अध्यक्ष संजय भक्त कंडेल लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button