समाचार

पान्थरको फेदेनमा शान्ति लिम्बूको एकल कविता वाचन

१२ अप्रिल, फेदेन (पान्थर) ।  याक्थुङ लेखक संघ जिल्ला समिति पाँचथरको आयोजनामा पान्थरको फेदेनमा साहित्यकार शान्ति लिम्बूको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन आयोजना गरिएको छ ।

फिदिमस्थित होटल अजिमाको हलमा साहित्यकार लिम्बूको कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ बाट दर्जन कविता मञ्चमा प्रस्तुत भए । साहित्यकार लिम्बूले आफ्ना आधा दर्जन कविता पान्थरे साहित्यकार र साहित्यप्रेमीमाझ प्रस्तुत गरिन् ।

साहित्यकार तथा याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङ्ले धुप बालेर उद्घाटन गरेका कार्यक्रम लाइ कठुवा मा राखेको रक्सि तितेपातिले छर्केर सेसे साङ्साङ गरेका थिए ।

साहित्यकार थाम्सुहाङले कविता ‘वाचन’मा जीवन्त रहने उल्लेख गरे । उनले मानिसको गतीशील जीवन भए पनि आफ्नो जरा भूल्न नहुने बताए । साहित्यकार लिम्बूका कवितामा आफ्नो थातथलोको सम्झना रहेको थाम्सुहाङले बताए ।

‘बेलायत पुगेर पनि शान्तिले आफ्नो जरा भुल्नु भएको रहेनछ भन्ने दृष्टान्त उहाँका कविताहरू सुनेर हामीलाई बोध भो, थेम्समा पुगेर पनि तमोरलाई सम्झना गर्नु भनेको आफ्नो जरा नभुल्नु हो ।’ साहित्यकार थाम्सुहाङले भने ।

नुनाम केरुङ, पवित्रा प्रयत्न, गजेन्द्र राई, शङ्कर आत्मालगायतका कविहरूले साहित्यकार लिम्बूका कविता प्रस्तुत गरे ।

साहित्यकार लिम्बूका प्रस्तुत कवितामाथि समीक्षक समदर्शी, काइँला, प्रेम ओझालगायतले समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरे ।

Related Articles

Back to top button