स्थानीय

धनकुटाको सहिदभूमि गाउँपालिकाले गर्यो ४८ करोड बढीको बजेट प्रस्तुत

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनको दोस्रो बैठक मार्फत गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले रु ४८ करोड ७० लाख ५२ हजार ६ सय १३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ ।

उपाध्यक्ष रत्नश्वरी राईले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । सार्वजनिक बजेट मध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु ८ करोड २५ लाख, सशर्त अनुदान रु २ करोड २३ लाख ३० हजार समपुरक अनुदान ८ करोड ४ लाख,विशेष अनुदान रु २३ करोड आम्दानी हुने अनुमान छ ।

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु ७५ लाख ५ हजार , सर्शत अनुदान ३९ लाख २६ हजार , समपूरक रु १ करोड ४ लाख प्राप्त हुने पालिकाको अनुमान छ ।

पालिकाको चालु आर्थिक वर्षको असार ९ गतेसम्म रु २४ करोड ९१ लाख ९५ हजार ५ सय ११ तथा पूजीगत खर्च रु ७ कराेड ३३ लाख , ६१ हजार ७ सय ६८ रुपैया गरि जम्मा ३२ कराेड २५ लाख ५७ हजार २ सय ७९ रुपैया खर्च भएको छ अर्थात चालू खर्च ७४.५१% र पूँजीगत ४७.१३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

आर्थिक विकासका संवाहाक कृषि ,सहकारी ,पशु,पर्यटन,पूर्वाधार लगायतका क्षेत्रकाे विकास मार्फत नागरिकले अनुभुत गर्ने गरि परिवर्तन गर्ने , गुणस्तरीय शिक्षा ,सर्वसुलभ स्वास्थ र सम्मानित श्रम तथा राेजगारका माध्यम बाट समृद्ध सहिदभूमि निर्माण गर्ने, सामाजिक समावेशीकरण मार्फत सीमान्तीकृत र वञ्चितीकरणमा परेका लिङ्ग समुदाय र भाषाकाे संस्कृतिकाे संरक्षण मार्फत समतामूलक सहिदभूमिको निर्माण , सबै वडा कार्यलयहरुलाई बाह्रै महिना यातायात चल्ने गरि सडक संजालकाे प्रबन्ध गर्ने ,स्वछ पिउने पानी पुर्‍याउने अवधारणा अनुसार सबै टाेल ,वडा बस्तीमा खानेपानी पुग्ने गरि प्रबन्ध गर्ने ,स्थानीय स्राेत साधनमा आधारित घरेलु तथा साना उद्योग प्रवर्द्धन ,उद्योगमशीलता विकास गर्ने लगायत उपलब्धि हाँसिल हुने लक्ष्य लिएको जनाएको छ ।

Related Articles

Back to top button

This will close in 0 seconds