याक्थुङ चलचित्रकर्मी संघ नेपालको महाधिवेशन सम्पन्न, अध्यक्षमा मेन्याङ्वाे दाेहाेरिए

२२ मार्च, विजयपुर । याक्थुङ चलचित्रकर्मी संघ नेपाल केन्द्रीय कार्य समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार सहिद सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रम विभिन्न सांस्कृतिक नृत्य, सम्मान तथा मनोरञ्जनात्मक प्रस्तुतीहरूका साथ सम्पन्न भएको थियो । महाधिवेशनअन्तर्गत आयोजित खुल्ला सत्रमा उम्मेदवारहरूबीच सहमति जुटाउन लामो समयसम्म छलफल तथा रस्साकस्सी चलेको थियो । अन्ततः विधान संशोधन गर्दै सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ ।
नवनिर्वाचित कार्यसमिति अनुसार नविन मेन्याङवो अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा दिलु सुब्बा (सुनसरी), सैलेन्द्र नाल्बो (काठमाडौँ), तेज मेन्याङवो (सुनसरी), टेकराज तिगेला (तेह्रथुम), दिलिप फुरुम्बो (झापा) र कर्ण सम्बाहाङफे (सुनसरी) चयन भएका छन् ।
महासचिवमा उदय सुब्बा कुरुम्वाङ चयन भएका छन् भने सचिवमा प्रकाश लिम्बु (धरान), मणि कुमार लिम्बु (धरान) र रमेश माबोहाङ (ताप्लेजुङ) रहेका छन् ।
कोषाध्यक्षमा संचमाया वरुम्हाङ (धरान) तथा सहकोषाध्यक्षमा सोम सेरेङ (धरान) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा पुर्णकला तेयुङ (धरान), डम्बर कुमारी पयाङगो मेन्याङबो (इटहरी), बादल चेम्जोङ (धनकुटा), कृष्ण लावती (पाँचथर), गगां राई लिम्बु (धरान), टिका चेम्जोङ (धनकुटा), दिपसिखा लिम्बु (धरान), वेरुजा फोम्बो, एलिषा चोङवाङ, पुष्पाञ्जलि तिलिङ (काठमाडौँ), हेमु स्मृति चोङवाङ (धनकुटा), मोति मेन्याङवो (ताप्लेजुङ), प्रेम कुमारी थलङ, सिता लिम्बु, संचमाया पधांक, टिका देवी थलङ, धनमाया माङदेन, नर्वदा संयक लिम्बु, विष्णमाया वरुम्हाङ र ललिता केदेम चयन भएका छन् ।
संघले नवगठित कार्यसमितिमार्फत याक्थुङ चलचित्र क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।




