राजनीति
धनकुटामा मतान्तर फराकिलो बनाउंदै एमालेको अग्रता ,पछ्याउंदै श्रम संस्कृति पार्टी

धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता बढाएका छन् ।
आज बिहान ७: १७ बजे सम्ममा २९००८ मत गणना सम्पन्न हुंदा एमालेका राईले ८७६१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ६८७४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ५००१ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ३७५१ मत र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९६५प्राप्त गरेका छन् ।




