प्रवास

स्याङ्जा समाज युकेको तेस्रो महाधिबेशनमा श्रीमती रुपा (दुर्गा) गुरुङ अध्यक्षमा चयन

लण्डन। जनवरी २५ तारिख २०२५ आईतबार लन्डन पोष्ट अफिस स्पोर्टस क्लब सडबडी हिल, ह्यारो लन्डनमा स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न महाधिबेशनमा सर्वसम्मत बाट गरिमामय पदमा रुपा गुरुङ अध्यक्षमा चयन हुनु भएको छ।
उक्त महाधिबेशनमा अध्यक्ष गुरुङ, प्रमुख अतिथि स्याङजा सहयोग समाज (ICC) अध्यक्ष मिन क्षत्री, सस्थापक अध्यक्ष सारदा गुरुङ, संरक्षक थर्क सेन, दिपक (डेबिड) गुरुङ तथा महिला संयोजक हुम कुमारी गुरुङले दिप प्रज्वलन गरि समुद्घाटन गरेका थिए।

कार्यक्रमको पहिलो सत्रमा सस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तब्य राखेका थिए भने सस्थापक अध्यक्ष, संरक्षकहरु, प्रमुख सल्हाकार, बिभिन्न संघ सस्थाका अध्यक्षहरु र अन्य बिशिष्ट ब्यक्तिबाट आ-आफ्नो भनाई राख्दै सस्थाका गतिबिधिका साथै उन्नति प्रगतिको सकारात्मक सन्देश र शुभकामना मन्तब्य राखेका थिए। संरक्षक थर्क सेन, श्री प्रसाद गुरुङ, प्रेम गुरुङ, डा.बलराम ढकाल, संरक्षक दिपक (डेविड) गुरुङ, सुनिल राना, नाायण गुरुङ, मदन राना, जगदिस गुरुङ, पुर्व अध्यक्ष सहारा युके कृष्ण गुरुङ, लाल बहादुर गुरुङ (ईग्ल्यान्ड राज्य पुर्व अधयक्ष) हेमराज थापा, गंगा गुरुङ (बडि बिल्डिङ अध्यक्ष) आमा समुह सम्योजक हुम कुमारी गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रम सस्थाका महासचिब रामराज शर्माले सन्चालन गरेका थिए। सस्थाको स्थापना गर्नुको मुख्य उद्देश्य महत्व,आफ्नो कार्यकालको परोपकारी कामको विबरण र स्याङजा जिल्लालाई दिएको सहयोगको बिस्तृत बिवरण प्रस्तुत गरेका थिए।

त्यस्तै कोषाध्यक्ष शिव सापकोटाले आर्थिक पक्ष बलियो बनाउदै स्थापना काल देखि कोभिडको महामारी समेत जिल्लामा उल्लेखनिय आर्थिक भौतिक सहयोगको विस्तृत बिवरण प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि मिन क्षत्रीले बिदेशमा रहेर पनि आफ्नो मातृभुमी त्यस्मा पनि स्याङजा जिल्लामा आर्थिक, भौतिक, भावनात्मक सहयोग गरेकोमा सबै जिल्लावासी र अध्यक्ष भरत गुरुङ र वहांको टिमलाई हार्दिक धन्यबाद दिदै यस्तै आगामी कार्यसमितिको सहयोगको अपेक्षा राख्दै सम्मानको कदर पत्र पढेर सुनाउदै सफलताको शुभकामना ब्यक्त गरेका थिए। आफुप्रति दिएको सम्मान अत्यन्तै अविसमरणीय रहेकोमा खुशी ब्यक्त गरेका थिए।

पहिलो सत्रको अन्त्यमा अध्यक्ष भरत गुरुङले आफ्नो कार्यकालमा बिभिन्न महत्वपुर्ण उल्लेखनिय काम गरेर कार्यकाल सफल पारिदिएकोमा पदाधिकारीहरु, संरक्षकहरु, सल्हाकारहरु, महिला संयोजक र टिम, कार्यसमिति लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा धन्यबाद दिदै जिल्लाका बिभिन्न शाखालाई खादा र मायाको चिनो प्रदान गर्दै उपस्थित सबैलाई धन्यबाद दिएका थिए। सस्था एकजुट भएर अगाडी बढेमा उल्लेखनिय काम गर्न बिभिन्न कठिनाईहरुको सामना गर्न सजिलो र काम गर्न सहज रमाईलो हुने कुरा ब्यक्त गर्दै आफ्नो कार्यकाल समापन भएको घोषणा गर्दै निर्बाचन प्रमुख सारदा गुरुङलाई हस्तान्तरण गरेका थिए।

दोश्रो चरणमा महाधिबेशनको लागि बेलायतमा रहेका स्याङ्जा जिल्लाका विभिन्न गाउंले समाज तथा भेगका संघ सस्थाका ब्याक्तिहरुलाई निर्वाचन समितिमा नियुक्ति गरिएको थियो। निर्वाचन समितिमा आयुक्त: सस्थापक अध्यक्ष श्री सारदा गुरुङ,सदस्य: क्या• श्री डोल गुरुङ (सल्लाहकार) कोल्माबाहाकोट समाज युके, सदस्य: श्री प्रसाद गुरुङ (संरक्षक) सोंपाल समाज युके, सदस्य: श्री मदन राना ( उपाधक्ष्य ज्याग्दिखोला समाज युके) रहेका थिए।

दोस्रो चरणमा निर्बाचन समितिका सचिब डोल गुरुङ बिशेष कामले उपस्थित हुन नसकेकोमा सचिव मदन रानाले कार्यक्रम सन्चालन गरेका थिए।

सस्थाका दुई उपाध्यक्ष भक्त दर्जी र रुपा गुरुङ वहांहरु दुईजना अध्यक्ष पदमा प्रत्यासी थिए। सस्था समाज हितको लागि आफु जहिले पनि सहयोग गर्न तत्पर र सकारात्मक संदेश दिनको लागि आफु अध्यक्ष पदको लागि चुनाब नगरेर सौहार्द पुर्ण महाधिबेशन सफल पार्न ठुलो मन उदारका साथ सहमती जनाउंदै, यो पटक रुपा गुरुङलाई अध्यक्ष पदमा चयन र अर्को पटक भक्त दर्जीलाई अध्यक्ष बन्नलाई सर्ब सम्मतबाट सहमत भएको थियो।

अध्यक्ष श्रीमती रुपा (दुर्गा) गुरुङको कार्यसमितिमा बरिष्ठ उपादक्ष्य पदमा भक्त दर्जी, उपाध्यक्ष क्रमश श्री भिम गुरुङ, श्री रामराज शर्मा, महासचिवमा श्री याम गुरुङ, कोषाध्यक्षमा श्री लेख गुरुङ, सह-कोषाध्यक्षमा अमृत गुरुङ, महिला संयोजकमा पार्वती गुरुङ, प्रवक्ता गोमा राना, सदस्यमा जुनु विश्वकर्मा, युवराज गुरुङ, अमृत गुरुङ, फोटोग्राफीमा श्याम थापा लगायत रहेका छन् र केही सदस्य पहिलो बैठकमा पुर्णता पाउने जानकारी दिदै नयां कार्यसमितिले सपथ ग्रहण गरेका थिए।

अध्यक्ष गुरुङले आफुलाई बिस्वास गरेर पदभार दिएकोमा आफुले पुर्ण रुपले जिम्मेवार बहन गर्ने, सस्थाको गरिमालाई उच्च पार्न अर्को ईटा थप्ने प्रण गर्दै निबर्तमान अध्यक्ष भरत गुरुङ र वहांको टिम सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

Related Articles

Back to top button