प्रवास
प्रोफेसर खवाहाँङसँग अन्तरक्रिया

लण्डन,
गत २३ जुलाई २०२६ का दिन प्रोफेसर मारुहाँड खवाहाँङसँग युकेको याक्थुङ ह्यारिटेच कल्चर समुहले एक अन्तरक्रिया गरेका छन् ।
लण्डन देखि नजिक आसफोर्ड केन्टमा भएको सो अन्तरक्रिया लिम्बु (याक्थुङ) जातिमा रहेको मुन्धुम विषयमा गम्भिर अन्तरक्रिया भएको हो । प्रोफेसर खवाहाँङ मुन्धुुमको विषयमा खोजअनुसन्धान गरिरहेका छन भने मुन्धुम सम्बन्धि नै पुस्तकहरु पनि प्रकाशित भईसकेको छ । उनी मिचिगन युनिभर्सिटीमा अध्यापन गराउछन । उनको युके भ्रमणमा सो अन्तरक्रिया भएको हो ।

याक्थुङ ह्यारिटेच कल्चर समुहले एकेडेमिक खोज अनुसन्धानमा वहसपैरवी गर्दै आएका छन् । कार्यक्रमको मध्यस्थता गणेश इजमले गरेका थिए । सोहि अवसरमा भ्वाई किड अफ नेपालका उपविजेता रुक्सना लिम्बु र रेखा लावतीलाई पनि सम्मान गरेको थियो ।




