माघे सक्रान्ति कार्यक्रमको लागि बेलायत आई पुगिन कलाकार निरा थापा

लन्डन। लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायत आईपुगेकी छिन्।
मगर संघ यूके यूएसएसबी शाखाले हरेक बर्ष आयोजना गर्ने माघे संक्रान्ति कार्यक्रमका लागि निरा थापा बुधबार लन्डन आइपुगेकी हुन् । निराको स्वागतका लागि रुक आले, अनिता राना मगर,कुमार राना मगर दिपक मइथाने, ऋषि राना, केशर रानालगायत अन्य ब्यक्ति एयरपोर्ट पुगेका थिए ।
बेलायत आइपुगेपछि निराले खुशी ब्यक्त गर्दै मगर संघ युके युएचएसबि शाखालाई विशेष धन्यवाद र शाखाका अध्यक्ष बिर बलाललाई धन्यबाद दिएकी छिन्। मगर संघ यूके युएचएसबी शाखाको १० जनवरीमा हुने माघे संक्रान्ति मुख्य कार्यक्रममा र अन्य यूकेको विभिन्न शहरमा बस्नुहुने सम्पुर्ण नेपालीजनहरुसंग भेट भई कार्यक्रम गर्ने भएकी छिन् भने १० जनवरीको पहिलो कार्यक्रम गायक मनसुधनसंगको प्रस्तुतिमा सबैलाई हार्दिक निमन्त्रणा गरेकी छिन्।
कार्यक्रम सामुयल कोडी स्पोर्ट्स कलेजमा यही जनवरी १० तारिखमा हुनेछ । समय बिहान ११ बजेदेखि तोकिएको छ । जसअन्तर्गत ११ देखि १ बजेसम्म पितृपूजा पुजारी ओम थापा काउचा र वहांको टिमबाट हुनेछ। त्यसपछि महिला दिदीबहिनीहरबाट बनाईएका बारा, सेलरोटी, खिचडी र बिभिन्न परिकारको खाना प्रसाद ग्रहण पछि १ देखि राति १० बजेसम्म मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम, राफल ड्र हुने आयोजक मगर संघ यूके यूएसएसबी शाखाका अध्यक्ष बिर बलालले जानकारी दिएका छन् ।
यस वर्षको कार्यक्रम संयोजकमा उपाध्यक्ष गणेश बुढाथोकी रहेका छन् । कार्यक्रममा प्रवेशका लागि वयस्क २० पाउन्ड र ज्येष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्रै तोकिएको सचिव धन थापाले जानकारी दिएका छन्।
कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको मगर संघ यूके यूएसएसबी शाखा कोषाध्यक्ष गोप बहादुर सिञ्जाली साथै महिला कमिटिका अध्यक्ष नानु रानाले जानकारी दिएका छन्।




