राजनीति

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ।

नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय भएको छ। भर्खरै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेसँगै पार्टीले नयाँ गति लिने नेताहरूको विश्वास छ।

Related Articles

Back to top button