राजनीति
एमाले महाधिवेशनका लागि धनकुटाबाट प्रतिनिधि चयन
धनकुटा,१४ मंसिर । धनकुटामा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयन भएका छन् ।
शनिबार भएको मतदानमा ७ वटै पालिकाबाट १३ जना प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिअन्तर्गत खुलातर्फ चिन्तन तामांग,अर्जुन छारा राई,पर्शुराम नेपाल,शिव आंग्ला लिम्बु,खजिन्द्र राई,निरन राई,शान्तिराम गौतम चयन भएका छन् ।
यस्तै महिलातर्फ गोमा कार्की,सम्झना आले,निर्मला इवाहांग र तुलसी राई तथा युवातर्फ सरोज राई निर्वाचित भए ।
दलित क्लष्टरमा नैना बिश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।




