समाचार

नेकपा माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

जनकपुर, ३० वैशाख : नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट आज राजीनामा दिनुभएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको आज बसेको बेठकले गरेको निर्णयको आधारमा राजीनामा दिइएको हो ।

जनता समाजवादी पार्टी नेतृत्वको सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएसँगै मधेस प्रदेश सरकार सङ्कटमा परेको छ । जनता समाजवादी पार्टी नेपालबाट अशोक राई नेतृत्वमा अर्को दल निर्माण भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिनुभएको हो ।

मधेस प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका नौ, नेकपा एसका सात जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नागरिक उन्मुक्ति पार्टीका एक, नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य प्रदेशसभामा हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button