को थिए हम जायेगा ?

सानैमा सुन्ने गरेको दार्जिलिङ्बाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा हम जायेगाको चुट्किला हस्यौली । पाँचथरको मक्लुवाका नेपाली थिए । हम जायेगाको नाम दलबहादुर गुरूङ हो ।

यो नाम धेरैले सुनेका होलान धेरैले उनको जोक्स पढेका होलान । तर वहाको बारेमा थोरैले मात्र जानेका होलान । साच्चै उनि कथा कहानी आख्यानका एक पात्र मात्र हुन कि वास्तविक नै हुन भन्ने धेरैले थाहा पाउन सकेका थिएनन ।

मैले पनि बच्चा हुदा देखि नै उनका जोक्सहरु सुनेको थिए । धेरै रमाइलो लाग्थ्यो । त्यति बेला मह जोडीको शुरुवात नै भएको थिएन । हामीले शुरु शुरुमा राजपाल र हाडाको प्रहशनहरु सुन्ने गर्दथ्यौ । एकचोटी हेरेको पनि थिएन । महजोडी भएर संगै नहुदै मदनकृष्ण श्रेष्ठको कार्यक्रम भने हेरेको थिए ।

यि त भए हाम्रा कुरा नेपाल बाहिर नेपाललाई माया गर्ने तथा नेपाली भाषालाई माया गर्नेहरुको जमात परदेशमा पनि धेरै थियो । पूर्वमा आसाम, डिब्रुगढ, तीन सुकिया, सिलोंग, डुवर्स पश्चिममा भाग्सु, देहरादुन, कुमाउ, गढवाल आदी ठाउमा नेपालीको संख्या केही कम भए पनि नजिकैको दार्जिलिङ, सिक्किमहरुमा भने नेपालीको बाहुल्यता धेरै थियो ।

यहि दार्जिलिङको मारेबुङ चियाकमानमा बि. सं. १९७८ को चैत्रमा दलबहादुर गुरुङको जन्म भएको थियो । १८७३ फागुनमा तितलिया सन्धी लगत्तै पूर्वी नेपालका नेपालीहरु दार्जिलिङ तर्फ झर्न थाले यहि बेला यिनका जिजुबाजे धुजविर गुरुङ पनि पाँचथरको मक्लुवा गाँउबाट दार्जिलिङ पुगेका थिए ।

साभारः सुनिल उलक