स्थानीय
धनकुटा-धरान सडक खण्डमा भासियो सडक,एकतर्फी सडक अवरुद्द

धनकुटा,१४ कार्तिक । धनकुटा-धरान सडक खण्डमा सडक भासिएपछि एकतर्फी सडक अवरुद्द भएको छ ।
अविरल बर्षाका कारण आज करिब ११ बजे धनकुटाको साँगुरीगढी गाउंपालिका वडा न ६ चारखोले गोलाइ स्थित कोशी लोकमार्गमा करिब १० मिटर सडक भासिएपछि एक तर्फी सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
साना सवारी साधन आवतजावत भईरहेको र उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडटारबाट प्रनि महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गई बाटो खुलाउने पहल भइरहेको जिप्रका धनकुटाले जनाएको छ ।




