स्थानीय
धनकुटामा बस पल्टियो ,एक जना घाइते

धनकुटा,१४ कार्तिक । धनकुटामा आज बिहान बस पल्टिंदा एक जना घाइते भएका छन् ।
जिल्लाको धनकुटा नगरपालिका ९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ जादै गरेको प्र १-०२-००१ ख ९५१९ नम्वरको बसको हावाको पाइप पड्किन गई अनियन्त्रित भई सडकमा नै पल्टि दुर्घट्ना हुंदा बसमा सवार अन्दाजी २७ जना मध्ये मोरङको लेटाङ नगरपालिका ३ बस्ने ५५ बर्षिया मिना गुरुङको ढाडमा चोट लागि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
घाइतेको उपचारको लागि धनकुटा जिल्ला अस्पताल पठाउने तयारी भई रहेको अन्य यात्रु सबै सकुशल रहेको डीएसपी कार्कीले बताए ।
घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रसनि टंक थापाको कमाण्डमा प्रहरी टेली खटि गइ उद्दार गरिएको साथै गाडी घट्नास्थलमा नै रहेको भएपनि बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।




