समाचार

डा. बाबुराम भट्टराईदेखि युग पाठकसम्म स्वतन्त्र उमेद्वार डकेन्द्रसिंहको पक्षमा

इलाम : आउँदो वैशाख १५ गते हुने निर्वाचनमा इलाम-२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्प्रधानमन्त्री डा.बाबुराम भट्टराई, अभियान्ता स्वागत नेपालदेखि लेखक युग पाठकसम्म साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमलाई जिताउन भोट मागिरहेका छन् ।

चिर्वाचन चिन्ह मुढा पाएका स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू नेपालमा स्थापित अभियान्ता र राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चित कलाकारहरुको साथमा गाउँटोलमा पुग्दा समर्थक/शुभेक्छुकहरुको भिड लाग्ने गरेका छन् ।

चुनावी सभाहरुमा डकेन्द्रसिंह थेगिम लिम्बूले आफू निर्वाचित भएर गएपछि देशमा हुँदै आएको भ्रष्ट्राचारको विरुद्ध आवाज बुलन्द गर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा लाग्ने, ६ वटा प्रदेशको नाम पहिचानको आधारमा पुन नामङ्कनको लागि माहोल तयार गर्ने, मजदुर, किसान, उत्पीडित वर्ग खस/आर्य समुदायको पक्षमा कानुन निर्माणको साथै संसदबाट आवाज बुलन्द गर्ने प्रतिबद्धता गर्दै आएका छन् ।

केही बर्षदेखि एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायत पार्टीका नेताहरु जनताको चाहना विपरित भ्रष्ट्राचार, कमिसन र अनिमितता गरेको मुद्धा अख्तियार, अदालत र मिडिहरुमा बग्रेल्ती आइरहेका छन् । आफ्नै कार्यकर्तासँग सांस्कृतिक विचलन (यौन कार्य) गरेको मुद्धाहरु प्रसस्त मिडियाहरुमा आइरहेका छन् ।

सरकार र प्रतिपक्षीमा रहेका नेताहरु ललिता निवास (बालुवाटार) सरकारी जग्गा नेताहरुकै (व्यक्तिको) नाममा पारेको, सय किलो सुन तस्करी, नेपालीहरुबाट गैर कानुनी रुपमा करोडौं संकलन गरेर नक्कली भुटानी शरणर्थी बनाउन लागेको, वाइडबढी बिमान खरिदमा भ्रष्ट्राचार गरेको, गिरीबन्धु टि स्टेटमा कमिसनको खेल गरेको, सहकारीको करोडौं हिनामिना काण्डहरु आइरहेको छ ।

एमाले युवा नेता महेश बस्नेत विरद्ध एक महिलाले काठमाडौं प्रहरी परिषरमा केही हप्ता अगाडि मात्र उजुरी दिएकी छन् । केही समय अघि ऐन महरको पनि सांस्कृतिक विचलनको काण्ड बाहिर आएको थियो ।

कांग्रेस नेता पूर्ब गृहमन्त्री खुमबहादुर खड्का नक्कली भुटानी शरणार्थी काण्डमा जेल नै बस्नु पर्‍यो । कांग्रेसकै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही लगायत विरुद्ध भर्खरै अख्तियारले भ्रष्ट्राचार गरेकोमा मुद्धा दायर गरेको छ । माओवादी केन्द्रको कृष्णबहादुर महरा, रास्वपाका अध्यक्ष रबि लामिछाने लगायत नेताहरु बिभिन्न काण्डमा फसेको बिषय यही बेला चर्किरहेको छ । एमालेका पूर्ब मन्त्री गोकुल बास्कोटाले कमिशनको अडियो बाहिरिएपछि मन्त्री पदबाटै राजिनामा दिनु परेको थियो ।

नेताहरुका यिनै काण्डहरुको कारण जनतामा वितृष्णा पैदा भइरहेको बेला साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको पक्षमा भने एकपछि अर्को समर्थक बढिरहेको छ । चुनावी माहोल झनझन बढ्दै गएको छ ।

गाउँगाउँमा पुग्दा समर्थकहरुको स्वागत हेर्दा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बुले जित्ने निश्चित भएको लेखक युग पाठक बताउछन् ।

चुनावमा सघाउन कानुन व्यवसायी अभियान्ता स्वागत नेपाल, लेखक युग पाठक डा. मित्र परियार, डकेन्द्रसिंह थेगिमसँगै भोट मागिरहेका छन् ।

पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्ब संस्कृति मन्त्री गोपाल किराती, पूर्बमन्त्रीहरु केशरमान शाक्या, बिशेन्द्र पासवान लगायतको टोली पनि स्वतन्त्र उमेद्वार थेगिमलाई नै भोट माग्दैछन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन साहा, धनगडी उपमहानगरपालिका प्रमुख गोपी हमाल लगायतको साथ रहेको र भोट माग्न आउने बारेमा कुरा भइरहेको उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले बताएका छन् ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, महासचिव पदम जबेगु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), जसपाका नेता खगेन्द्र माखिम/जेन्टल लावती, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती/पदम अधिकारी, केन्द्रीय सदस्य भबिराज लिम्बूलगायत पार्टीका नेताहरु स्वतन्त्र उमेद्वारलाई जिताउन फिल्डमा खटिरहेका छन् ।

नेपालको चर्चित गायक गायिका एकदेब लिम्बू, सुनिता थेगिम, तिर्सना नेम्बाङ लगायतका कलाकारहरु हरेक टोलटोलमा मिनि कन्सर्टको साथ मुढामा भोट मागिरहेका छन् ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईको टोली चुनाव चिन्ह सिंङ्गो मुढा उपहार बोकेर इलाम, माङ्सेबुङ लगायतका स्थामा पुगेर भोट मागेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल मार्फत दैनिक रुपमा मुढामा भोट मागिरहेका छन् ।

किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा उपाध्यक्ष युवाराज राई, राकेश राई, महासचिव भीम राई, पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामकरण अभियान समिति प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिमा आबद्ध ४१ घटक चुनावी अभियानमा लागिरहेका छन् ।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले समेत आफ्नो पार्टीलाई भोट नदिनेहरुलाई साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमलाई भोट लिनु भनेको भिडियो क्लिप भाइरल भइरहेको छ ।

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिबासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा लगायतले स्वतन्त्र उमेद्वारलाई जिताउन पहल गरिरहेका छन् ।

– News courtesy: https://www.nayabulanda.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button