समाचार
इम्बोस्ड कार्यान्वयन स्थगित गरौं, जनतालाई सास्ती र हैरानी नदिऔं : एमाले सांसद सुहाङ नेम्वाङ

काठमाडौं । सत्ताारुढ दल नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने उनले तत्काल इम्बोस्ड कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।




