समाचार

कवि क्रान्तिकारीकाे ‘अनाम प्रेमिका’काे कभर सार्वजनिक

सेप्टेम्बर १, सिलगढी । हाम्रो किताब घरको प्रकाशनमा युवा कवि राकेश क्रान्तिकारीको पहिलो कविता सङ्ग्रह प्रकाशित हुन लागेको हो । साेमबार प्रकाशन गृहले सामाजिक सञ्जालमार्फत किताबको कभर सार्वजनिक गरेको हाे ।

आवरण सार्वजानिक गर्दै प्रकाशन गृह हाम्रो किताब घरले लेखेको छ, ‘अलिकति प्रेम, अलिकति पीडा र त्यो भन्दा धेर जीवन, सङ्घर्ष र समाज वरिपरि सधैँ उभिरहने प्रतिविम्बहरूले भरिएका एउटा सुन्दर कविता सङ्ग्रह, ‘अनाम प्रेमिका’ हाम्रो किताब घरको कोसेली, तिहारअघि भेटौँला ।’

सम्भवतः राकेश क्रान्तिकारीको ‘अनाम प्रेमिका’ तिहारअघि साहित्यिक बजारमा आउने छाट देखिएको छ । विभिन्न साहित्यिक अभियान र मञ्चहरूमा सक्रिय रहने कवि क्रान्तिकारीले आफ्नो प्रथम कविता सङ्ग्रह बजारमा आइरहेकोले खुशी लागेको अनुभव साझा गरे ।

Related Articles

Back to top button