समाचार

जसपाले पार्टी कार्यालयको भवन निर्माण गर्न गठन गर्‍यो समिति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ललितपुरमा रहेको आफ्नो जग्गामा पार्टी कार्यालय भवन बाउने निर्णय गरेको छ । सोमबार बसेकोकेन्द्रीय कार्यकारिणी समितिको बैठकले ललितपुरको रानीबुमा सो भवन निर्माण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

भवन निर्माणका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं केन्द्रीय कार्यकारिणी समितिका सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।

त्यस्तै, बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ । त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसैगरि मधेश प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button