समाचार
याक्थुङ मुनचइत चाेक सयङ पान्थरमा जवेगू

२६ अप्रिल, फेदेन । याक्थुङ मुनचइत चाेक सयङ (याक्थुङ चलचित्रकर्मी सङ्घ) पान्थर जिल्ला अध्यक्षमा फुङ्साे जवेगू निर्वाचित भएका छन् । सयङकाे तेस्रो जिल्लामा अधिवेशनले जवेगूलाई अध्यक्षमा निर्वाचित गरेको हाे ।
याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङकाे प्रमुख आतिथ्यमा शनिबार पान्थर फेदेनमा भएको अधिवेशनले निर्वाचित गरेको समितिकाे उपाध्यक्षमा भूपेन योङ्हाङ, सचिवमा रजनी हाङ्सरुम्बा, सहसचिवमा बुद्ध केरुङ, कोषाध्यक्षमा अमृता जवेगू रहेका छन् । सदस्यहरूमा निशाम तुम्बापो, उत्तम योङ्हाङ, सुयोन आङ्देम्बे, विवेक हाङ्सरुम्बा, मनेन्द्र केरुङ, समीर जवेगू छन् ।
त्यस्तै, सल्लाहकारहरूमा मधु केरुङ, नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बु र सुरेन शिशिर केरुङ रहेका छन् । सयङकाे स्थापना २०६६ सालमा भएको थियोे ।