धनकुटामा दुई जना माथि छुरा प्रहार

धनकुटा,२ बैशाख । धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ ।
धनकुटा नगरपालिका ५ बिहिवारे हटिया नजिकै हिजो सोही स्थानका १७ बर्षिय कुशल राई र आयुष राई माथि छुरा प्रहार भएको हो ।
उक्त घटनामा संग्लग्न धनकुटा नपा ६ नाशाल चोकका १९ बर्षिय रुसुक नेवा खड्की र धनकुटा नपा ७ का १८ बर्षिय लाजीहाङ लिम्बुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
छुरा प्रहारबाट कुशलको टाउको र ढाड साथै आयुषको गर्धन र बायां पाखुरामा चोट लागेको र जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने प्रारम्भिक अनुसन्धानमा छुरा प्रहारको कारण पुरानो रिसइवी देखिएको साथै समूह बनाई झगडा गरेको देखिएकोले दुवैपक्षका थप २/२ जना गरी जम्मा ४ जना नाबालकहरूलाई समेत सोधपुछ भैरहेको प्रवक्ता खनालले बताए ।