समाचार

रिदामा राम्लिहाङलाई चढाए श्रद्धाञ्जली,आठपहरिया एकता नहुँदा सहिद घोषणा नभएको

धनकुटा । २४ अक्टोबर २०२३, दशै नमानेको आरोपमा यातना दिइ मारिएका धनकुटाका सांस्कृतिक सहिद रामलिहाङ र रिदामाको शालिकमा खादा लगाएर श्रद्धाञ्जली चढाएका छन ।

दशैको टिकाको दिन कार्तिक ७ गते धनकुटाको झुण्डुवामा रिदामा राम्लिहाङको पुर्ण कद रहेको शालिकमा खादा माला लगाई श्रद्धाञ्जली दिएका थिए । किरात आठपहरिया समाज धनकुटाको आयोजनामा भएको श्रद्धाञ्जली सभामा धरान,इटहरी मोरङ लगायतबाट आएका मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुह,पहिचानका लागि युवा लगायतको समुह श्रद्धाञ्जली चढाएका थिए ।

श्रद्धाञ्जली सभालाई संबोधन गर्दै पहिचानका लागि युवा सुनसरी संयोजक रुजुके राईले आठपहरियाको एकता नहुँदा रिदामा राम्लिहाङले सहिदको मान्यता नपाएको बताए । उनले कोशी नाम खारेजी आन्दोलनको स्मरण गर्दै लाजेहाङको सहादतलाई तत्काल सहिद घोषणा गराएको बताए । रिदामा र राम्लिहाङलाई सहिद घोषणा गराउन आठपहरिया एकता हुनुपर्ने बताए । उनले सहिद्वयको शिला स्तम्भ निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मंगोल नेशनल गोपाल गुरुङका अध्यक्ष बिरलालले नाजिबादिले रिदामा राम्लिहाङलाई हत्या गरेको बताए । अधिकांस शोकमा डुबेको बेला खुशि मान्नु अन्याय भएको भन्दै समनता नभए अन्तर्राष्ट्रिय अदालत जान बाध्य हुने चेतावनी दिए । यो देशको भुमिपुत्र भएर पनि मुलबासि भन्न हिचकिचाएको बताए । उनले डरछेरुवाको संज्ञा मुलबासी भन्न नसकेको बताए । उनले बाँदरको घटनालाई प्रसंग निकाल्दै एउटा बाँदर मर्दा अन्य बाँदर आएर समबेदना व्यक्त गरिरहेको अवस्थामा रिदामा राम्लिहाङको हत्या भएको अवस्थामा पनि दशै मनाएर रमाईरहेको बताए ।

श्रद्धाञ्जली सभामा आठपहरियाका धनकुटा जिल्ला अध्यक्ष अष्टबहदुर सुङ्देनले हालको आठपहरीको चारकिल्ला यथार्थ रहेको भन्दै त्यो किपट रहेको बताए । दशै नमानेकै कारण हत्या गरेको भन्दै रिदामा राम्लिहाङलाई सहिद घोषणा हुनुपर्ने बताए । आठपहरियाको छुट्टै भाषा संस्कार चाड रहेको भन्दै दशै नमानेकै कारण किन हत्या गर्नुपरेको भन्दै प्रश्न गरे । आठपहरियाले किन दशै नमानेको भनेर दुखेसो नगर्न आग्रह गरे । आठपहरियाको आफ्नै चाड संस्कार रहेको भन्दै दशैको बिषयलाई लिएर कसैले कुरा नकाट्न आग्रह गरे । उनले आठपहरियाले स्वतन्त्र रुपमा आफ्ना चाड मान्न पाउनुपर्ने बताए । अरुको चाडपर्व मान्दा आर्थिक भार समेत पर्ने भएकोले आफ्नै चाडपर्व मात्र मान्नुपर्ने धारणा राखे । उनले नेपाल आदिवासी जनजाति प्रतिष्ठानले हालसम्म आठपहरियालाई सूचीकरण नगरेको गुनासो गरे ।

कार्यक्रमम्व मंगोल गुरुङ समुहका सुनसरी अध्यक्ष साहारा राई, पहिचानका लागि युवा शिवाहाङ अमित थेबे लगायतले बोलेका थिए ।

– news courtesy https://echisephayu.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button