समाचार
Trending

सिरिजङ्गा अभिलेखालयबारे काठमाडौंमा अन्तरक्रिया

मङ्सिरदेखि चाे?लुङ पार्कमा सञ्चालनमा आउने

२ अगष्ट, काठमाडौं । चाे?लुङ पार्क परिसरमा स्थापना हुन लागिरहेको सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय (सिरिजङ्गा अभिलेखालय) बारे सुझाव सङ्कलन कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएकाे छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार वैरागी काइला (तिलविक्रम नेम्वाङ)काे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रबुद्ध वर्ग, प्राज्ञिक व्यक्तित्व, राजनीतिक दलका नेता, भाषिक, साँस्कृतिक अभियन्ता, सराेकारवाला पक्षको उल्लेख्य उपस्थिति रहेको थियोे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ साहित्यकार बैरागी काइँला ।

तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाले अल्फा हाउसको सभाहलमा आयोजना गरेको कार्यक्रममा मेयर एवम् याक्थुङ मुन्धुम तथा इतिहासका खाेजकर्ता अर्जुनबाबु माबुहाङबाट अवधारणा पत्र प्रस्तुत भएको थियोे ।

कार्यक्रममा प्रदेश एकका पूर्व गभर्नर प्रा.डा. गाेविन्द बहादुर तुम्बाहाङ, पूर्व सङ्घीयमन्त्री मा. सीता गुरुङ, मा. उर्मिला थेवे नेम्वाङ, मा. लीला बाेखिम, पूर्व सांसद टङ्क आङबुहाङ, एआइजी चन्द्रकुबेर खापुङ, प्रा.डा. बालकृष्ण माबुहाङ, डा. रमेश इजम, डा. क्षितिज साँवा, डा. केशव अधिकारी लगायतले टिप्पणी गरे ।

पूर्वमन्त्री सीता गुरुङ मन्तव्य राख्दै ।

त्यस्तै, हनुमानढोकास्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक काजी प्याकुरेल, भाषाविद् येहाङ लाओती, कियाचु उपाध्यक्ष गाेविन्द आङबुङ, काेषाध्यक्ष उपप्राध्यापक अमर तुम्याङ, मानवशास्त्री डीबी आङबुङ, दिलविक्रम आङ्देम्बे, पीएचडी शाेधार्थी दीपक लुङ्गेली मगर, सन्ताेष सिरेङ चाेङवाङ, खगेन्द्र माखिम, क्षितिज लाओती, मच्छिन्द्र साँवा, कविहरू चन्द्रवीर तुम्बापाे, सुनिल आङ्वाे, पत्रकारहरू अरुण बराल, विराट अनुपम, सम्पदा याेङ्या, सीता तुम्खेवा, राेशन लिम्बु, अमित थेबे लगायत थिए । कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत सन्ताेष घिमिरेले सञ्चालन गरेका थिए ।

मेयर माबुहाङका अनुसार सिरिजङ्गा लिपिका आविष्कारक सिरिजङ्गा सिङ थेबेकाे स्मृति र सम्मानमा स्थापना हुन लागिरहेको अभिलेखालयमा सिरिजङ्गाका लेखाेट, सिरिजङ्गाका चेलाका लेखाेट, उनीबारे लेखिएका दस्तावेज सिरिजङ्गा लिपिका प्रयाेगकर्ताहरूकाे अभिलेख रहनेछ । विज्ञानालयमा सिरिजङ्गाकाे जीवनी झल्काउने चित्रकलाहरू पनि रहनेछन् । साे अभिलेखालय मङ्सिर महिनाबाट सञ्चालनमा आउनेछ ।

प्रमुख अतिथि वैरागी काइलाले मेयर माबुहाङकाे कामले सबैलाई प्रेरणा दिएको र उनी स्थानीय सरकार प्रमुख हुनु ऐतिहासिक घटना भएको भन्दै प्रशंसा गरे । त्यस्तै, पूर्वमन्त्री सीता गुरुङले चाे?लुङ पार्क याक्थुङ लिम्बु मात्रै नभएर सबै समुदायको साझा सम्पत्ति भएको जिकिर गरिन् ।

Related Articles

Back to top button