बन्दहडताल अझ कडा बन्दैः सरकारको विज्ञप्तिले आन्दोलनकारीहरु असन्तुष्ट

धनकुटा,
२१ माघ २०८१, एक ब्यापारीले फाइदाको निम्ति बनाउन लागेको पाथीभरा/मुक्कुमलुङ जाने केबलकार बनाउने योजनालाई रद्ध गर्न जारी आन्दोलन आज २१ माघमा पनि जारी राखेको जनाएको छ ।
सरकारबाट सकारात्मक पहल नभएको र प्रर्दशनकर्मीहरुलाई प्रहरीहरुबाट धरपकड भएको र उनीहरुलाई रिहा नगरिएकोले आज ३ पाग्रे, २ पाग्रे यातायातको साधान समेत चल्न नदिने आयोजकले जनाएका छन । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरे पनि आन्दोलनलाई नजरअन्दाज गरे जस्तो, जिस्काएको जस्तो भयो भनी आन्दोलनकर्मीहरुले प्रतिक्रिया दिएका छन । तल्लो तहका कर्मचारीहरु सम्मिलित वार्ताटोली बनाएको बताईएको छ ।
आन्दोलनकर्मीहरुको माग पाथीभरामा केबुलकार बनाउने योजना रद्ध गरिनु पर्छ र गोली लागि घाईते भएकालाई सरकारले उपचार र हेरचार गर्नुपर्ने माग गरेका छन ।
स्थानीयवासी तथा आदिवासीहरुको आस्थाको केन्द्रमा ब्यापारको निमित्त भौतिक संरचना बनाउन नदिने विश्वभर प्रचलन रहेको छ ।