समाचार

सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले नेता महरासँग लियो बयान

काठमाडौँ, २५ माघ: सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग आज बयान लिएको छ ।

‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले आज सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।

आयोगका एक सदस्यले रासससँग कुरा गर्दै उहाँहरुसँग आवश्यक जानकारी लिइएको बताए । सुन प्रकरणका आरोपीहरु भण्डारी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

आयोगले ब्रेक सुबाट ६० किलो सुन र विद्युतीय सिगरेट (भेप)बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा नाम जोडिएका र आरोपीहरुसँग आयोगले बयान लिइरहेको छ ।

सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button