समाचार

जसपाको आजको बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुने भएको छ । महाधिवेशनभन्दा अगाडि पालिकादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने तथा निर्वाचित समितिको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने बुधबारको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नतले जानकारी दिए ।

साथै महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरुको मस्यौदा गर्नुपर्ने साथै महाधिवेशन लागि व्यवस्थापन, प्रचारप्रसार र आर्थिक कामलाई पनि व्यवस्थित गर्ने भनिएको छ ।

साथै राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय विभाग तथा संयन्त्रको जिम्मेवारीलगायतका विषयमा बैठक केन्द्रित हुने उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button