समाचार

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौँ, १६ वैशाखस् जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।

सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म सङ्युक्त राष्ट्र सङ्घीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गर्नुभएको र मे ७ तारिखमा स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको समेत बस्नेतले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button